समाजको सोचले गर्दा किशोरावस्थामा प्रेममय वातावरणमा रमाउन पाईन —शिव परियार

काठमाण्डौ मंसिर  १४  ■ 

फेवातालमा साइली होस या बाटो मोडेर गयौ , क्या दामी भो होस या , रुपौली रानी, सुन्छु तिमिले होस या पिलायो साथीले गायक शिव परियारका यी गीतहरु नेपाली गीत संगीत पारखीको जिब्रोमा झुण्डीएका गीतहरु हुन । प्रस्तुत छ गायक शिव परियारले आफ्नो बाल्यकाल र किशोरावस्थाको बारेमा हामीसँग सेयर गरेका कुरा उनकै लयमा ।

Have a gud day to allमेरो जन्म सर्लाही जिल्लामा भएको हो । म जन्मिएको दुई वर्ष पछाडि हामी हजरिया गाविसमा सर्यौँ । आजको दिनमा संसारभरीका नेपालीहरुले मलाई सुन्नुहुन्छ र चिन्नुहुन्छ । उहाँहरु सबै जनाले मेरो कर्मथलो र मेरो वरीपरी सबैले चिन्नुपर्दा हजरियाको शिव परियार भनेर चिन्नुहुन्छ । बाल्यकालमा मेरो स्वभाव चकचके थियो । सामान्य बच्चा भन्दा अलि ज्यादा नै बदमास थिएँ । बुबाआमाको पिटाई पनि धेरै खाएँ बिगारहरु गरेर । गुलेली पनि खेलियो, ईनारमा माथि बाट हामफालेर पौडी पनि खेलियो, रुखबाट हाम्फालिन्थ्यो । बाल्यकालमा चकचक भने धेरै नै गरियो । त्यो सगैं एघार वर्षको भएपछि मैले बालगीत प्रतियोगितामा स्कुलको प्रतिनिधित्व गरेर जिल्लामा पहिलो पटक प्रथम भएको थिएँ । सांगीतिक र रङ्गमञ्च कार्यक्रमको धेरै अफर आए । मेरो स्वर पनि अलि सानो थियो केटी मान्छेको जस्तो ।

म दिदीहरु संग स्वर मिसाएर गाउने गर्थे । सांगीतिक क्रियाकलापको कारणमा म स्कुल र कक्षामा निकै चर्चित थिएँ । माया गर्ने खालको माहोल थियो । तर प्रेमको सवालमा कुनै पनि केटीले यसलाई मन पराउँछु यो राम्री भन्ने हिसाबले भने कहिले भएन । आकर्षण भने पक्कै भयो । मैले पनि कसैलाई मन पराएको थिए । त्यो किशोर अवस्थाको समयमा आर्कषण मात्र थियो । मलाईपनि कसैले मन पराईदिए हुन्थ्यो भन्ने खालको थियो । माया कै हिसाबले कोही मन परेर सगै बस्ने सगै हिड्ने भन्ने खालको माहोल भने भएन । कोही संग सगै हिड्दा पनि गाउँमा राम्रो मान्ने अवस्था थिएन । हाम्रो ठाँउ तराई भएपनि त्यहाँ पुरानो सोच भएका मान्छेहरु धेरै हुनुहुन्छ । सबै हिसाबले राम्रो छ गाडी, बिजुली, पानी सबैको सुख सुविधा छ । समाजको सोच र किशोरावस्थामा भने अझै परिर्वतन आएको छैन त्यहीकारणले त्यसैले गर्दा मैले पनि मेरो किशोर अवस्था प्रेममय वातावरणमा बिताउन पाईन ।

Barcelona spainबरु काठमाडौँ आएर संगीत पढ्न थालिसके पछि संगीतकै क्षेत्रमा प्रगति गर्न थालेपछि त्यो किसिमले मन पराउँने धेरै साथीभाईहरु संग भेटेँ । मन पराउनु मन पराईनु र सम्बन्धहुनु फरक–फरक कुरा हो । कुनै केटीलाई मन पनि पराएको हो तर मेल सम्भव भएन । त्यो पछि आफ्नो बाटो लागियो । मलाई कस्तो लाग्छ भने आजको दिनमा म कन्सर्टको शिलशिलामा विभिन्न खालको ठाँउहरु गईरहेको हुन्छु । त्यही अवसरमा कतिपय ठाँउमा चाहि गर्लफ्रेन्ड बोयफ्रेन्डको कारणले कन्सर्टमा हानाहान भईरहेको हुन्छ । मेरो गर्लफ्रेन्ड किन छोई दिईस अथवा मेरो गर्लफ्रेन्डलाई किन हेरिस । म के देख्छु भने आजको सवालमा चाहि किशोरावस्थाको प्रेम भनेको प्रेम होईन कि जस्तो लाग्छ । एउटा केटाले एउटा राम्रो केटी देख्यो सम्बन्ध के हो भनेर थाहा नभएपनि माया हुने सम्बन्ध हुने, यात्रागर्ने बाटो के हो भन्ने थाहा नभएपनि, खाली एक किसिमको रमाईलो कि चक्लेटी लव भनौ न, देख्दै मन पर्ने, हेर्दै मनपर्ने, बोल्दै मनपर्ने ।

शिव परियार@ (6)वैशमा एउटा मधुमासको शुरुवात हुन्छ तर रमाउँन सक्ने, जीवनमा साँचो प्रेम भेटाउन सक्ने, एउटा सम्पन्न ठाँउ सम्म पुग्न सक्ने हुनको लागि एउटा उमेर पनि किशोर अवस्था भन्दा अलि पाको हुनुपर्छ, किशोर अवस्थामा हुने सम्पूर्ण साथीहरुलाई र मेरो फ्यानहरुलाई म के भन्न चाहन्छु भने प्रेम गर्नुपर्छ । तपाईको जीवनमा भएको प्रेमले तपाईलाई सफलताको बाटोमा पुर्याओस । त्यही बाटो पुग्दा तपाईलाई कुनै पनि दुख पीडा नहोस, पढाई र करियरमा कुनै असर नपर्ने किसिमले त्यो प्रेम सफल होस । त्यो खुलेर अघि बढोस तर सोह्र, सत्र, अठार वर्षकै उमेरमा तपाई कसैको लागि मर्ने अवस्थामा पुग्दै हुनुुहुन्छ भने कृपया फेरि एक पटक सोच्नुहोला ।

You might also like

Comments

Loading...