तोकेको मितिमा रिलिज हुन नसकेका सिनेमा

काठमाण्डौ मंसिर  १४  ■ 

अभिनेत्री निशा अधिकारीको पहिलो निर्माण रहेको सिनेमा ‘झ्यानाकुटी’ अहिले दोस्रो सातामा प्रदर्शन भईरहेको छ । मंसिर १ देखि प्रदर्शनमा आएको यो सिनेमाले पटक–पटक आफ्नो प्रदर्शन मिति सारेको थियो । शुरुमा यस सिनेमाको प्रदर्शन मिति भदौ ८ लाई तोकिएको थियो । तर सिनेमा तोकेको समयमा रिलिज हुन सकेन । पछि यसको प्रदर्शन मिति सरेर भदौ ३० मा पुग्यो । विशेष कारणबस भदौ ३० मा पनि यो सिनेमा प्रदर्शन भएन । अन्ततः मंसिर एक देखि सिनेमा प्रदर्शनमा आएको छ । तर यसरी तोकेको मितिमा प्रदर्शन हुन नसकेर प्रदर्शन मिति पर सार्ने सिनेमा ‘झ्यानाकुटी’ मात्रै भने हैन । अन्य केही सिनेमाहरु पनि छन् जो तोकेको मितिमा प्रदर्शन हुन सकेका छैनन् । पछिल्लो समयमा पटक–पटक प्रदर्शन मिति पछि सार्ने सिनेमाको पहिलो नम्बरमा परेको छ अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘कृ’ ।

आम दर्शकका लागि बहुप्रतिक्षित सिनेमा हो ‘कृ’ । ‘कृ’ युनिटले शुरुवातमा भदौलाई प्रदर्शन मिति तोक्दै काम शुरु गर्ने बताएको थियो । तर सिनेमाको काम तोकिएको समयमा हुन नसक्दा निर्माण पक्षले यसको प्रदर्शन मिति पछि सार्यो । २०७४ को भदौ ८ मा रिलिज हुने भनिएको यो सिनेमाको प्रदर्शन मिति कार्तिक १ मा पुर्याईयो । तर सिनेमाको छायाकंन नै नसकिएका कारण निर्माण पक्षले सिनेमालाई त्यो मितिमा पनि रिलिज गर्न सकेन । अब भने सिनेमाको काम सकिएको छ । सिनेमाको छायाकंन सक्दै निर्माण पक्षले माघ २६ लाई सिनेमा प्रदर्शनको फाईनल मिति तय गरेको छ ।

मंसिर २९ लाई प्रदर्शन मिति तोकेर प्रचार प्रसार शुरु गरेको सिनेमा ‘सुपर गोर्खे’ पनि अब तोकेको मितिमा नआउने भएको छ । अभिनेत्री ऋचा सिंह ठकुरीको पहिलो निर्माण ‘सुपर गोर्खे’को प्रदर्शन मिति पछि सरेर माघ १२ मा पुगेको छ । सिनेमाका निर्माता राज थापाका बुवाले सिनेमालाई अहिले नै रिलिज गर्न नहुने भनेपछि सिनेमाको प्रदर्शन मिति पछि सरेको हो । खासमा निर्माता राजका पिता ज्योतिष हुन् । उनकै सुझाव र सल्लाह अनुसार निर्देशक दीपाश्री निरौलाले पनि सिनेमामा पोस्टरको रंग देखि रिलिज मिति सम्म तय गर्ने गर्छिन् । उनकै सल्लाह अनुसार दीपाश्रीले सिनेमाका सबै कामहरु गर्दै आएकी छिन् । यहि क्रममा ‘सुपर गोर्खे’का निर्माताले पनि ज्योतिषिलाई फलो गरेका छन् ।

फिर्के‘सुपर गोर्खे’ नेपालमा प्रदर्शन हुनु अघि अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । माघ १२ अर्थात जनवरी २६ मा नेपालमा रिलिज हुने यो सिनेमा अस्ट्रेलियामा भने २० जनवरी देखि प्रदर्शनमा आउने भएको छ । त्यस्तै रवि डंगोलको निर्देशन रहेको सिनेमा ‘फिर्के’ले बुधबार आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरले राम्रो प्रतिकृया पाईरहेको छ । ट्रेलर रिलिजसँगै यो सिनेमाले पनि आफ्नो प्रदर्शन मितिलाई भने पछि सारेको छ । शुरुमा सिनेमाले पौष १४ लाई प्रदर्शन मिति तोकेको थियो । तर विशेष कारणबस सिनेमाले आफ्नो प्रदर्शन मिति पौष १४ बाट पौष २१ मा पुर्याएको छ ।

असोज ११ लाई प्रदर्शन मिति तोकेर सिनेमाको एउटा गीत समेत रिलिज गरेको सिनेमा ‘मंगलम’को प्रदर्शन मिति पनि पर सर्यो । असोज ११ मा ‘छक्का पञ्जा २’ सँग जुध्ने भएपछि निर्माण पक्षले आपसी सहमतीमा सिनेमालाई फागुनमा रिलिज गर्ने भएको छ । उता मंसिर १५ देखि प्रदर्शनमा आउने भनिएको सिनेमा ‘साढे सात’को प्रदर्शन मिति पनि पर सरेको छ । नाका बन्दी र त्यसले पारेको प्रभावलाई मुख्य विषय बनाएर निर्माण गरिएको यो सिनेमा अब फागुन ११ देखि प्रदर्शनमा आउने भएको छ ।

जोनी जेन्टलम्यानरिलिज भईसकेका सिनेमाको कुरा गर्ने हो भने यसै वर्षको भदौ ३० मा रिलिज भएको सिनेमा ‘जोनी जेन्टलम्यान’ पनि पहिले तोकेको समयमा प्रदर्शन हुन सकेको थिएन । शुरुमा सिनेमाको प्रदर्शन मिति जेठ १९ लाई तोकिएको थियो । निखिल उप्रेतीको मुख्य भूमिका रहेको सिनेमा ‘किङ’ पनि तोकेको समयमा रिलिज हुन नसकेको सिनेमा हो । गत वर्षको असोज २१ मा प्रदर्शन हुने हिसाबले काम शुरु भएको ‘किङ’ पछि पोस्ट प्रोडक्शनको काम नसकिएका कारण पौष २९ मा रिलिज भएको थियो ।

नम्रता श्रेष्ठ र कोशिश क्षेत्रीको मुख्य भूमिका रहेको सिनेमा ‘पर्व’ पनि तोकेको मितिमा रिलिज भएन । २०७३ चैत्र २५ लाई प्रदर्शन मिति तोकेर काम शुरु भएको ‘पर्व’ अन्ततः यसै वर्षको जेठमा प्रदर्शन भएको थियो । दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा ‘छक्का पञ्जा २’ ले पहिले भदौलाई प्रदर्शन मिति तोकेको थियो । पछि असोज ११ मा सिनेमा प्रदर्शन भयो ।

ऐश्वर्यगत वर्षको कार्तिक २६ लाई प्रदर्शन मिति तोक्दै काम शुरु भएको सिनेमा ‘बिजुली मेसिन’ पनि तोकेको समयमा रिलिज हुन नसकेको सिनेमा हो । यो सिनेमा पछि मंसिर १७ मा प्रदर्शन भएको थियो ।
यसै वर्षको कात्तिक २ गते देखि प्रदर्शन हुने हिसाबले सिनेमा ‘ऐश्वर्य’को प्रचार प्रसार शुरु भएको थियो । तर कात्तिक २ मा अन्य २ सिनेमा रिलिज हुने भएका कारण यसले आफ्नो प्रदर्शन मिति पछि सारेको थियो । अन्ततः यो सिनेमा कात्तिक ९ मा प्रदर्शन भएको थियो ।

You might also like

Comments

Loading...