‘हुर्रे’को ‘ठेकीमा दही’ सार्वजनिक

काठमाण्डौ मंसिर  १७  ■ 

केकी अधिकारी, अंकित खड्का,राजाराम पौड्याल, अनुप व्रिकम शाही लगायतका कलाकारको मुख्य भूमिका रहेको सिनेमा ‘हुर्रे’मा समावेश ‘ठेकीमा दही’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा केकी अधिकारी, अंकित खड्का र राजाराम पौड्याललाई फिचर गरिएको छ । राजनराज सिवाकोटीको संगीत तथा राजेन्द्र थापाको शब्द रचना रहेको यस गीतमा राजनराजले गायिका मिलन अमात्यसँग गायनमा सम्झौता गरेका छन् ।

यस भिडियोलाई विक्रम स्वारले कोरियोग्राफ गरेका हुन् भने शिव दाहालले खिचेका हुन् । गीत चन्दन दत्ताले सम्पादन गरेका हुन ।
यम थापाको लेखन तथा निर्देशन रहेको ‘हुर्रे’ फागुन २५ देखि प्रदर्शनमा आउँदैछ । सिनेमालाई दावा शेर्पा , सोनाम लामा, त्रेसिङ दोर्जेले सयुंक्त रुपमा निर्माण गरेका हुन् ।

You might also like

Comments

Loading...