दुबईमा अवार्ड जितेकी नम्रताको नयाँ कार

काठमाण्डौ मंसिर  १७  ■ 

ब्रासलेट, छक्का पञ्जा जस्ता सिनेमा र दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी अभिनेत्री नम्रता सापकोटाले नयाँ लक्जरी कार किनेकी छिन् । तर उनको कार किनाईले खासै चर्चा पाएको छैन । प्राय कलाकारहरुले कार किन्दा चर्चाको विषय बन्छ तर नम्रताको कार किनाई खासै खबर बनेको पाईएको छैन । आफूले नयाँ बिस्ट कार किनेको जानकारी उनले आफ्नै सामाजिक सञ्जाल फेसबुक मार्फत दिएकी हुन् ।े नोभेम्बर २३ मा एक तस्बिर पोस्ट गर्दै उनले क्याप्सनमा लेखेकी छिन्,

Introducing my New Patakaaaaa ???
#Beast #Love

cca3f0193ae0f24b5a195264e324d1a3उनले किनेको यो ब्राण्ड आफैमा महंगो ब्राण्ड हो । तर उनको कारको मोडल सार्वजनिक नभएका कारण उनले कति लाखको कार किनिन् त्यसको आधिकारिक जानकारी भने छैन ।
त्यस्तै डिसेम्बर एकमा दुबईमा सम्पन्न भएको म्युजिक अवार्डमा उनले म्युजिक भिडियोबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । म्युजिक भिडियोमार्फत उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएसँगै उनलाई धेरैले बधाई दिएका छन् । यसका साथै नम्रताले कार्यक्रमका लगाएको गाउनका कारण पनि चर्चामा आएकी छिन् । उनले रातो रंगको गाउन लगाएकी थिईन् जसको डिजाईनले उनको गोप्य अंगको केही भाग समेत देखाएको छ ।

effect

You might also like

Comments

Loading...