‘मितेरी’ सार्वजनिक गर्दै ‘लालपुर्जा’ले रोज्यो माघ ४

काठमाण्डौ मंसिर १८  ■ 

आईतबार सिनेमा ‘लालपुर्जा’मा समावेश गीत ‘मितेरी’ सार्वजनिक गरिएको छ । सौगात मल्ल, मेनुका प्रधान, मिरुना मगर, विपिन कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको सिनेमाको यस गीतमा पनि यिनै कलाकारलाई स्थान दिईएको छ ।
जसोन कुवँरका शब्द तथा संगीत रहेको ‘मितेरी’ बोलको गीतमा जसोन कुवँर, अन्जान बाबु, सुम्निमा सिंह, संगीता चौलागाईँ, पुष्पा पलान्चोकेको आवाज छ । भिडियोमा नरेन्द्र मैनालीको कोरियोगा्रफी छ ।
सिनेमामा समावेश पहिलो गीत सार्वजनिक गरेसँगै ‘लालपुर्जा’ले आफ्नो प्रदर्शन मिति पनि तय गरेको छ । निर्माण पक्षका अनुसार ‘लालपुर्जा’ माघ ४ देखि प्रदर्शन हुनेछ । ‘लालपूर्जा’लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् भने विक्रम सिंह थारु र उमेश श्रेष्ठले सयुंक्त रुपमा निर्माण गरेका हुन् ।

You might also like

Comments

Loading...