नारायण गोपालको २७ औं स्मृति दिवस आज

काठमाण्डौ मंसिर  १९  ■ 

आज मंसिर १९ गते स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवस मनाईँदैछ । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले एक सय ३६ भन्दा धेरै गीत गाएका छन ।
नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीत पनि गाएका छन ।
नारायण गोपाल संगीत कोषले प्रत्येक बर्ष स्मृति दिवसका दिन बिभिन्न कार्यक्रम पनि गर्दै आएको छ ।

You might also like

Comments

Loading...