नारायण गोपालजस्तै बन्न चाहन्छन् निर्देशक प्रदीप भट्टराई

काठमाण्डौ मंसिर  २०   ■ 

गत वर्षको सफल सिनेमा ‘जात्रा’ मार्फत निर्देशनमा हात हालेका निर्देशक प्रदीप भट्टराई यतिबेला मह सञ्चारको निर्माण तथा किरण केसीको प्रस्तुति सिनेमा ‘शत्रु गते’को निर्देशनमा व्यस्त छन् । मंगलबार मात्रै नारायण गोपालको २७ औँ ‘स्मृति’ दिवसको अवसरमा प्रदीपले एउटा ईच्छा जाहेर गरेका छन् ।
उनले गायक नारायण गोपाल जसरी अजम्बरी गीत गाउने गायकको रुपमा स्थापित भएका छन् त्यसरी नै दर्शकले सधैँ सम्झिरहने सिनेमा बनाउने ईच्छा आफूमा भएको व्यक्त गरेका छन् ।
१४ वर्ष महसञ्चारमा आवद्ध भएर काम गरेका प्रदीप निर्देशनमा मात्रै नभएर स्क्रिप्ट लेखनमा पनि सक्रिय छन् । उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका लागि ‘लेफ्ट राईट लेफ्ट’ र ‘डक्टर सुनीता’ नामक सिरियल लेखिसकेका छन् । त्यस्तै ‘जात्रा’को कथा पनि प्रदीपकै हो । प्रदीपले रेडियो अडियोले फर सि नेटवर्क मार्फत हिमालयन टेलिभिजनका लागि तयार पारेका चम्पा चमेली, जे आउँछ मजाले हँसाउछ, राती ८ बजे नै मजा लगायतका कार्यक्रमहरु प्नि निर्देशन गरिसकेका छन् ।

You might also like

Comments

Loading...