रेडियो अडियोलाई यसरी सम्झिए जिग्री र पाँडेले

काठमाण्डौ मंसिर  २१   ■ 

मंसिर २१ अर्थात आजको दिन रेडियो अडियोले आफनो नियमित प्रसारणको १० बर्ष पूरा गरेको छ । २०६४ साल भदौ १२ गते गाईजात्राको दिनदेखि परिक्षण प्रसारण थालेको रेडियो अडियोले आफ्नो औपचारिक नियमित प्रसारण मंसिर २१ अर्थात आजैको दिन देखि सुरु गरेको थियो । हरेक गाईजात्राको दिन हाँस्यब्यङग्य क्षेत्रका सबै कलाकारहरुको उपस्थितिमा बिशेष कार्यक्रम गर्दै आएको रेडियो अडियोले आफ्नो बार्षिक उत्सवका दिनमा पनि नयाँ कार्ययोजना सहित बिशेष घोषणा गर्दै आएको छ । गत साल देखि रेडियोले गीत संगीतको सार्बजनिक प्रयोग गरेवापत स्रष्टा सर्जकलाई ब्यबसायको एक प्रतिशत रकम छुट्याएर नियमित एकमुष्ठ रोयल्टी बुझाउन सुरु गरेको थियो । यस बर्ष देखि हाँस्य ब्यङग्य क्षेत्रमा महत्वपूर्ण योगदान दिने कलाकारलाई बर्षेनि अवार्डेड गर्ने निर्णय गरेको रेडियो अडियोका कार्यकारी निर्देशक दीपेन्द्र खनियाले जानकारी दिएका छन् ।यसै मेसोमा हाँस्यकलाकारद्वय कुमार कट्टेल उर्फ जिग्री र अर्जुन घिमिरे पाँडेले शुभकामना दिँदै रेडियो अडियोलाई यसरी सम्झिएका छन् ।

कुमार कटेल–‘सबै कलाकारको कर्म थलोको रुपमा अत्यन्तै लोक प्रिय हाँस्य रेडियोको रुपमा अगाडि बढीरहेको छ । यो रेडियोले दशाँै वर्ष पूरा गरेर एघारौँ वर्षमा लागेको उपलक्ष्यमा चाहि म व्यक्तिगत जिग्रीको तर्फबाट र भद्रगोलको टिमबाट शुभकामना र उत्तर प्रगतिको कामना गर्न चाहन्छु । अझै यो रेडियोले हाँस्य र मिडियाको क्षेत्रमा र आम सन्चारको क्षेत्रमा चाहि अत्यन्तै हास्ँय कार्यक्रम दिन सफल रहोस । सबै जनालाई सफलता र वार्षिक उत्सबको अवसरमा बधाई दिन चाहान्छु । रेडियो अडियो यसरी नै हास्ँय कलाकार र हाँस्य जगतलाई अगाडि लान सफल बनोस र रेडियो अडियोको दशौँ, बिसौँ, सयौ,ँ पचासौँ हुदै हजाराँै वार्षिक उत्सब मनाउन पाईओस । उत्तर प्रगतिको कामना गर्द छु ।’

अर्जुन घिमिरे– ‘रेडियो अडियो हाँस्य कलाकारको लागि मार्ग दर्शक र मार्ग चित्र बन्न पुगेको छ । यो रेडियो बिसौँ र सयौँ वर्ष पार गर्दै यो रेडियोलाई सधै शुभ कामना दिन पाईराखौँ । रेडियो अडियोले सम्पूर्ण दर्शक श्रोता र हास्ँय कलाकारलाई नयाँ कन्सेप्टबाट घरघरमा पुग्ने अवसर मिलाई दिनुभएको छ । उहाँको सम्पूर्ण टिमलाई भित्र मनदेखि नै शुभकामना दिन चाहन्छु । भोलिको दिनमा हामी जस्तो भर्खरै सुरुवात गरेका कलाकार देखि लिएर पछि आउने पिडीको कलाकार देखि लिएर दिगज अग्रज सम्पूर्ण कलाकारहरुलाई समेट्दै एकै शुत्रमा बाँध्न सफल होस ।’

You might also like

Comments

Loading...