पत्रकारको चिया पसलमा एक सय एघार थरी चिया

अश्विनी कोईराला
उनी, जुर्गवर्क क्याफे प्रकाशन गरिसकेका अश्विनी कोईराला हाल प्रेमालय प्रकाशनको तयारीमा छन । पूर्णरुपमा पत्रकारीता पेशामा लामो समय बिताएका कोईराला अहिले पत्रकारीतालाई आंशिक र चिया बेच्ने पेशा लाई पूर्ण पेशा बनाएका छन । प्रस्तुत छ रेडियो अडियोको चिया चौतारीमा आएका कोइराला संग गरिएको कुराकानीको सम्पादीत अंश बिजनेश गफमा ।


किताब लेख्न छोड्नु भएको हो त?
हैन किताब पनि लेख्दै छु । ऊ भन्ने किताब लेख्दै छु । उनी केटीको बारेमा थियो भने ऊ केटाको बारेमा छ । ऊ मा हाम्रो नेपाली समाजमा बसेर राम्रो काम गर्ने युवाको बारेमा पनि लेखिन्छ । अनौठो कामगर्ने मान्छेको व्यवहारको बारेमा पनि लेखिन्छ ।


पत्रकारीता ?
छैन । मैले पत्रकारीता छोडेको छैन । अलिकति छोडेको अलिकति भने चिया पसललाई दिएको हो । यसलाई पार्ट टाईम जव भन्छन ।


पत्रकारीतामा पैसा नपाएर हो कि चिया पसलबाट पैसा कमाउन चिया पसल ?
चिया मेरो शोखको काम हो । अर्को जन्मलाई नसाचौँ यही जन्ममा गरौँ भनेर हो ।


त्यति ठूलो मिडिया हाउसमा काम गरिरहेको पत्रकार/लेखक किन चिया पसलतिर होला भनेर चर्चा पनि भईरहेको थियो?
पत्रकार पनि दुई चार थरिको हुन्छन । एउटा ठूलो मिडिया हाउसमा जाने कमाउने ठूलो मान्छेलाई चिन्ने टाकटुक कमाउने । अलिअलि नैतिक भ्रष्टचार गर्ने । गलत रुपमा प्रयोग गर्ने पत्रकार पनि हुन्छन । मैले चाहि त्यो थरिको हुन्न भनेर ठूलो मिडिया हाउसलाई छोडेर चिया पसल गरेको हो । यसरी पनि सम्मानित जीवन बाँच्न सकिन्छ । पत्रकार सबै उस्तै हुन्छन भन्ने पनि छैन । दाग लाग्ला भनेर हैन पत्रकार भनेको यस्ता पनि हुन्छन चिया पसल गरेर र लेखेर पनि काम गरिरहेका छन आफ्नो पैसा कमाई रहेको छन भन्ने खालको अरुलाई परोस भोलीको दिनमा भनेर मैले जागिर छोडेर पार्ट टाईम लेखेर पार्ट टाईम चिया पसल गरेर जीवन यापन गरिरहेको छु ।


तपाई जस्तो पत्रकार के चिया बेचेर बस्नु भएको त?
भ्रष्टचार गर्नुभन्दा चिया बेच्नु राम्रो हो नि हैन ।


भनेपछि पत्रकारले समाचार बेचेर भ्रष्टाचार गर्छन?
गर्छन । झण्डा बोकेर नेताको पछि लागेर अनेक गर्छन । मैले भने त्यसो नगरौँ बरु चिया पसल खोलौँ भने चिया पसल खोलेँ ।


नेताको पछि लाग्यो भनेर मन्त्रीमण्डल, बाहिर, मन्त्रीको सल्लाहकार दुनिया गरेर बस्न पाईन्छ नि?
सबै जनालाई यसो गर्न मन लाग्दो रहेनछ ।


तपाई कस्तो खालको कोईराला हो?
एउटा राजनीतीमा लागेको र अर्का राजनीतिमा नलागेको कोईराला हुन्छ । राजनीतिमा लागेको पनिदुई प्रकारको हुन्छ । एउटा भ्रष्टचारमा लागेको अर्काे भ्रष्टचार नगरी राजनीतिमा लागेको कोईराला । अनि अर्काे राजनीति नगर्ने पनि दुई थरी पत्रकार हुन्छ । एउटा खेती किसानी गर्ने कोईराला अर्काे पत्रकारिता गर्ने कोईराला ।


तपाई चिया विशेषज्ञ हो?
चिया विशेषज्ञ भने होईन । तर, म चियाको पारखी भने हो । चिया भनेको धेरै प्रकारको हुन्छ । ग्री टि, गोल्डन, ह्वाईट, पिङ्क सगै धेरै किसिमको चिया हुन्छ । ग्रीन टि ले स्लिम बनाउँछ । १११ थरीको चिया १११ थरीको नै फाईदा छ । त्यो हामीले आफूलाई मन पर्ने त्यहाँ लेखेको छौ । गोल्डन टी खायो भने पेट सफा हुन्छ, प्रेसर बढी छ भने ग्रीन टी खानुपर्यो, दुधको चिया खादाँ अलि समस्या छ भने गोल्डेन टी मा अलिकति दुध राखेर खानु पर्यो ।


मूल्यकति पर्छ एक कप चियाको?
एघार रुपैया देखि एक हजार एक सय रुपैया सम्मको चिया पाउँछ त्यहाँ ।


एक हजार वालाको विशेषता के हो?
यार्सागुम्बा चिया लाई चाहि एक हजार एक सय रुपैया पर्छ ।


गोल्डेन टी त महंगो हुन्छ होला नि?
हो महगोँ त अलिकति छ । तर, त्यसको फाईदा भने धेरै छ ।


चिया धेरै खानु हुन्न कम खानुपर्छ भनिरहने अवस्थामा १११ थरीको चिया बेच्नु भनेको जनताको स्वास्थ्य संग खेलवाड गर्नु हैन?
खासमा हामीले चिया पिउन नजानेर ग्यासट्रिक भएको हो । खाली पेटमा दुध चिनी चिया पत्ती उमाल्ने गरेपछि त्यसको नेगेटिभ ईमप्याक्ट परेको कारणले नराम्रो हुन्छ । दुधकै चिया खादाँ पनि ग्यासट्रिक देखापर्न सक्छ । त्यसको लागि मान्छेलाई चियाखान मन लाग्छ । बिहान उठेर तातो पानी खान मन लाग्छ । त्यही धेरै थरीको चियाले मान्छेलाई केही अभाव पर्न सक्छ । सबैको आफ्नो आफ्नो समस्या हुन्छ । यी विभिन्न समस्या भएको मान्छेलाई विभिन्न खालको चिया औषधीको रुपमा दिन सकिन्छ कि । स्वाद पनि बस्यो राम्रो पनि भयो साथै चिया खाने निहुँमा औषधी पनि खाईयो । त्यो थरीको चिया दिन खोजेको हो । ग्यासट्रिक हटोस । मान्छेको चियाखाने बानी छ उनी हरुलाई अझै खराबी नगरोस बरु राम्रो होस भन्ने हिसाबले चाहि १११ थरीको चिया तयार भएको हो ।


चियाको होम डेलिभरी सिस्टम छ कि नाई ?
मैले त्यो गरौँ कि भन्ने सोंचि रहेको छु । तातो पानी हाल्ने पेट भन्ने एउटा बट्टामा चट्ट चिया राखेर घरमा चिया खाने सिस्टम बनाउँने सोंचमा छु । एक चोटी त्यो घरमा स्वास्थ्य संग सम्बन्धित मान्छेलाई चिया बनाउँन सिकाउने, तातो पानी खान सिकाउने त्यो पछि हाम्रोबाट लैजानुहुन्छ ।


पसलमा विदेशीहरुको आगमन कस्तो छ?
आउँने गर्नुहुन्छ । बाहिर टी लन्ज भन्ने धेरै ठाँउ हुन्छ । नेपालमा त्यस्तो पाईदैन्थ्यो । अहले पाउन थालेको छ धेरै राम्रो महसुस गर्नुहुन्छ ।


नेपालमा कफी डे चिया डे मनाईन्छ । नेपालको चिया र कफीलाई बजार विस्तार गर्नका लागि नीतिनिर्माणमा भएका कुराहरुलाई कसरी हेर्नुभएको छ तपाईले?
चिया तथा कफी विकास बोर्ड भन्ने छ उनीहरुको क्रियाकलापलाई मैले नजिकबाट नियाली रहेको छु । वास्तवमा सरकारी काम लाजमर्दो अवस्था हुदोँरहेछ किन भने सकेसम्म त्यसको बारेमा कसैलाई थाहा नदिने । गोप्य रुपमा नै काम गर्ने हुदोँ रहेछ । अलिकति अहिले युवाहरुले त्यहाँ आएर केही परिवर्तन गर्नुभएको छ । हेर्दा अब राम्रो हुन्छ जस्तो लाग्छ ।


चिया पसल खोलेपछि खुशीहुने वा हेलाको स्वभावले हेर्नेहरु पाउनु भएको छ कि छैन?
तपाईले त्यत्रो जागिर छोडेर चियापसल गरेर नाटक गर्नुभएको हो कि क्याहो भनेर शंकाको नजरले हेर्नहरु, यो मान्छेले किन यसो गर्यो यो किन गर्नु पर्यो भन्ने, यसको अर्को नियत छ भन्ने मैले पाए । उहाँहरुलाई म के भन्न चाहान्छु भने चिया पसल खोल्ने सम्मानित हुन्छ । मेरो चियापसल सामान्य चिया पसल होईन । चिया यस्तो पनि हुन्छ भनेर कतिले लेखे र भने तर गर्न कोही पनि थिएनन । मैले गरेँ त्यही हो । पार्ट टाईममा केही त गर्नुपर्छ नि ।


चिया पसलमा कतिजना हुनुहुन्छ?
पुतली सडक बालुवाटार गरेर तेह्र जना हुनुहुन्छ ।


नेपाली चिया काठमाडौँमा रोप्न मिल्दैन?
यहाँको माटो अझै राम्रो छैन । चियाको लागिअलि फरक माटो, फरक हावापानी चाहिन्छ । पानी प्रस्सत चाहिन्छ । त्यस कारण काठमाडौँमा चिया रोप्ने वातावरण छैन ।


चिया पसल ईलाम र झापाको नजिक राख्नपाए हुन्थ्यो भनेर सोच्नुभएको छ कि छैन?
मैले यो बारेमा सोचेको छु । अहिले बालुवाटार र पुतलीसडक विस्तार भयो । अहिलेको लागि भने जाहाँ पर्यटक छन त्यहाँ चिया पसल खोल्ने विचार छ ।

You might also like

Comments

Loading...