भाई जन्मिदा यो काले को हो भनेर रोएँ —केकि अधिकारी

अभिनेत्री केकी अधिकारी यतिबेला राज्जा रानीको प्रोमोशनमा व्यस्त छिन । पर्सी शुक्रबार रिलिज हुने सिनेमाबाट यसपटक बक्स अफिसमा नायिका केकी अधिकारी र नायक नाजिर हुसेनलाई अवसर र चुनौती दुबै छ । यसैले, चलचित्र ‘राज्जा रानी’ केकी र नाजिर दुबैका लागि विशेष छ । यो चलचित्र चलेको खण्डमा केकी र नाजिर दुबैलाई क्रेडिट जानेछ ।
यम थापाले निर्देशन गरेको यो चलचित्रलाई एम के पौडेलले निर्माण गरेका हुन् । चलचित्रको ‘चिपक चिपक’ बोलको गीत चर्चामा छ । यसै शिलशिलामा आज हामीले केकि अधिकारीको बाल्य, किशोर अबस्था र सिनेयात्राबारे खुल्दुली डट कममा उनले बताएका प्रसंग प्रस्तुत गर्दै छौ उनकै लयमा ।

यो काले को हो भनेर म धेरै रोए रे

मेरो जन्म काठमाडौँको वौद्धमा भएको हो । मेरो घरमा बाबा आमा एउटा र भाई र म छौ । भाईले पनि थिएटरमा काम गरिरहेको छ । शिल्पी थिएटरमा उसले क्लासहरु लिईरहेको छ । उसको निर्देशन मात्र नभएर राईटिङ्गमा ईच्छा छ । सानोमा म एकदमै बदमासी नगर्ने बच्चा हो । मेरो आमाले अहिले पनि भन्नुहुन्छ । आमा–बाबाको त म प्यारी छोरी हो । म बाबा संग एकदमै पुलपुलिने गर्थे । बाबा दिउँसो काममा जाने भएकोले राती बाबा आएपछि उहाँसंग म सबैको कुरा लगाउँथे । चित्त दुखेको कुराहरु भनिहाल्थेँ । जुनदिन मेरो भाई जन्मिएको थियो त्यो दिनमा यस्तो दुखी भएको थिए किनभने मैले पहिलो चोटी मेरो बाबा आमाको काखमा आफूलाई नपाएर अर्को नयाँ बच्चालाई पाए । त्यो कुरा पत्याउन मलाई गाह्रो भएको थियो । त्यो क्षण मलाई याद छ । बाबु त्यो बेलामा म भन्दा कालो थियो त्यसपछि मैले बाबा ममीलाई यो काले को हो भनेर म धेरै रोए रे भन्नुहुन्छ । म रोएको देखेर झन आमालाई पनि चित्तदुखेको रहेछ । यो कुरा भने म निकै सम्झिन्छु ।

म टम ब्वाय जस्तो थिए

मलाई जे कुराको पनिअलि बढी नै चासो हुन्थ्यो र म जे कुरा पनि थाहा पाउन खोज्थे । त्यो हिसाबमा भने म निकै बदमास थिए । म टम ब्वाय जस्तो थिए । म डल संग खेल्न रुचाउँदैन्थेँ । मैले एक दिन के हुदोँ रहेछ त भनेर केराउका गेडा नाक र कानमा हालेर राखेको थिए । त्यस्तो काम गर्न निकै म लाग्थ्यो । म अरुको लागिभने निकै ज्ञानी बच्चा तर भित्र भित्र भाईलाई भने म एकदमै पिट्थे । रिमोटको निहँुमा भाई संग निकै झगडा पथ्र्यो । भाईको एकदमै हात छिटो चल्ने । विस्तारै नराम्रो बानी घट्दै गयो । अहिले त संसार मै कसैको बढी माया लाग्छ भने त्यो भाई नै हो ।

तनाव भएको बेलामा मेरो पनि दिमागले काम नै गर्दैन्थ्यो

समय र तनाब व्यवस्थापन भने निकै ठूलो समस्या नै हो हामी सबै जनाको जीन्दगीमा । यो फिल्डमा भने सबै चिज व्यवस्थापन भएन भने सबै चिज गडबड हुन्छ । त्यो बेलामा न तपाई राम्रो संग काम गर्न सक्नुहुन्छ न तपाई काममा ध्यान दिन पाउँनु हुन्छ । समय व्यवस्थापन गर्नु पर्छ त्यो अघि तपाईले तनावलाई पनि व्यवस्थापन गर्नुपर्यो । त्यो भयो भने मात्र तपाईको दिमागले कुन समय के सिध्याउने हो भनेर अडकल गर्न पाउँछ । यो चिजहरुले धेरै महत्वपूर्ण हो जस्तो लाग्छ । तनाव भएको बेलामा मेरो पनि दिमागले काम नै गर्दैन्थ्यो, निन्द्रा भोक पनि लाग्दैन्थ्यो । यस्तो दिनहरु प्नि थियो परिक्षाको बेलामा । त्नावमा भएको बेलामा सकेसम्म आफ्नो दिमागलाई फ्री राख्ने तनाव नलिने नै गर्छु । त्नाव नलिन तपाईले आफ्नो समयको उपयोग गर्न सिक्नु पर्छ । भोलीको लागि काम नै नसाँच्नु । दुईवटा चिज एकै चोटी सोंच्ने होईन । एक समयमा एउटा मात्र कुरा सोच्नुे गर्नुपर्छ । स्कुलमा म जहिले पनि प्रथम हुने विद्यार्थी हो । मैले थोरै पढ्दा पनि मेरो दिमागमा छिटै सेट हुन्छ ।

न्यूटनको फरमुला मनपर्ने गीतको धुनमा मिलाएर पढ्थे

म प्लस टू मा विज्ञान विषय लिएर पढेको हो । विज्ञानको विद्यार्थी भएकोले फिजिक्स पढ्नु नै पथ्र्यो । न्यूटनको फरमुला पढ्ने समयमा मैले आफूलाई मनपर्ने गीतको धुनमा मिलाएर पढ्थे । आफूलाई जुन तरिका ठिक लाग्छ त्यो पत्ता लगाएर पनि पढ्न सकिन्छ । पढाईको कुरालाई लिएर घरमा केही पनि समस्या भएन । मलाई धेरै पढाईमा समय नदेऊ पनि भन्नु हुन्थ्यो । म धेरै किताब पढ्नेमा पर्थे । मलाई परिवारमा धेरै पढेर तनाव नलेऊ भन्ने गर्नुहुन्थ्यो । स्कुल भरीमा डिस्टिङशन होल्डर नै म मात्र हो । मेरो स्कुलको नाम बाल सिर्जनालय स्कुल हो । यो मेरो बाबा आमा आफैले खोलेको स्कुल हो । म जहिले प्रथम हुन्थेँ । म प्रिन्सिपलको छोरी हुनाले प्रश्न थाहा पाएर प्रथम भए भन्ने कुरा आउँथ्यो । यो हिसाबले म कहिले पनि जस नपाएको विद्यार्थी हो । मैले त्यही भएर एस.एल.सी. मा देखाउनु पर्ने थियो । मेरो एस.एल.सी. मा पनि राम्रो नै नम्बर आयो ।

हार्नु नै जित हो यो कुरा अहिले बल्ल थाहा पाए

मलाई किशोर अवस्थाको धेरै कुराहरु याद छैन । तर, म संग साथीहुनेहरु भनेको मलाई थाहा भए सम्म पढाईको फाईदा लिनेहरु हुन्थेँ । किनभने म गणितको राम्रो विद्यार्थी थिए । परिक्षा नजिकिदैँ जाँदा मेरो साथीहरु बढ्दै जान्थेँ । म आफै आफ्नो एउटा प्रतियोगी झै थिए । अहिले भने त्यो बेलामा मैले सहि गरेँ झै लाग्दैन किनभने जहिले जित्नु मात्र सधै ठूलो कुरो होईन । हार पनि स्विकार्न सक्नु पर्छ । हार्नु नै जित हो । यो कुरा अहिले बल्ल थाहा पाए । यो कुरामा अहिलेको किशोर किशोरीलाई के भन्न चाहान्छु भने जित्नै पर्छ भन्ने छैन, राम्रो हुनै पर्छ भन्ने छैन, नथाक्नु न हार्नु भन्ने होईन । हारलाई स्विकार गर्न सिक्नु र आफू जे हो त्यसलाई स्विकार गर्न सिक्नु भने हामीले निकै जरुरी छ । यो कुरा अहिलेको किशोर किशोरीले बुझ्न निकै जरुरी छ किनभने सामाजिक सञ्जाललेगर्दा पनि मान्छेहरुलाई निकै प्रतिस्पर्धात्मक र जित्नै पर्ने बनाईदिएको छ । अहिलेको किशोर किशोरीहरुलाई निकै गाह्रो छ त्यसैले पनि उनीहरु निराश छन । राम्रो कुरा देखाउन सबैले खोज्छन र आफू भित्रको दुखको कुराहरु कसैले पनि देखाउन खोज्दैनन । नराम्रो कुरा खप्टाउँदै खप्टाउँदै राख्नु भनेको राम्रो कुरा होईन ।

टेक्नोलोजीले आफूलाई प्रयोग गर्न दिनुहुदैन

हामीले टेक्नोलोजीले आफूलाई प्रयोग गर्न दिनुहुदैन । टेक्नोलोजीलाई भने हामीले प्रयोग गर्नुपर्छ । म आफूलाई म आफू जे हो त्यही रहन सकौँ भनेर झकझकाई रहन्छु । म कहिले पनि पब्लिक र समाजले मलाई बनाई दिएको मान्छे म कहिले पनि बन्न चाहन्न । म जे हो म त्यही नै हो । मैले संसारलाई झुठ बोले पनि म आफूलाई झुट बोल्न सक्दिन । मेरो गल्ती अरुले नऔंल्याई दिएपनि मैले त आफ्नो गल्ती देखिरहेको छु । कतिले कति कुरामा मलाई प्रशंसा गरिरहनुभएको छ त्यो हो पनि होईन पनि भनेर त मलाई मात्र थाहा भईरहेको छ । त्यहीकारण त्यो चिजबाट म आफूले आफूलाई माथी कहिले पनि पुराउँदिन । अरुले बनाएको मान्छे चाहि म बन्दिन । म जे हो त्यही बन्न चाहन्छु र म अरुलाई पनि त्यही बन्नुहोस भन्न चाहान्छु । हामी सबै जनाको छुटाछुटै सामाथ्र्य हुन्छ । हामीले यो कुरा मनन् गर्न जरुरी छ । हामीले अरुलाई हेरेर मैले त्यो चिज किन गर्न सकिरहेको छैन त्यही चिज गर्छु भनेर दौडिने होईन । हामीेले आफूमा भएको क्षमतालाई आफूले नै बुझ्न निकै जरुरी छ । सबै व्यक्ति छुटाछुटै चिजमा राम्रो हुन्छ नै । आफ्नो क्षमताको बारेमा थाहा पाएर त्यसलाई तिर्खादै जानुपर्छ । किताब पढ्ने बानी गर्नुपर्छ । हाम्रो पढाईले धेरै कुरामा परिवर्तन लिएर आउन सक्छ । ज्विनमा हामीले खुशी खोज्दै जानुपर्छ । खुशी सानो सानो कुराबाट पनि पाउन सकिन्छ ।

अहिलेको टेक्नोलोजीले सफलता पाएको मान्छे र चलिरहेको चिजमा मात्र खुशी र सुखी हुन्छ भन्ने बनाई दिएको छ । यो गलतहो । संसारमा सबै चिज राम्रो हुन्छ आफ्नो आफ्नो ठाँउमा । आफू जस्तो हो त्यो चिजलाई तपाई जब स्विकार्न सक्नुहुन्छ नि त्यो दिन तपाई जस्तो सुखी संसारमा कोही पनि हुदैन । खुशी नै सबैको ईच्छा र चाहाना हो । सामाजिक सन्जालमा आएको प्रतिक्रियालाई म पनि हेर्ने गर्छु । मलाई प्राय सकारात्मक र सुधार गर्नु पर्न खालको प्रतिक्रिया आउने गर्छ । म सकारात्मक कमेन्टहरुलाई प्राथमिकतादिने गर्छु । मान्छेको आफ्नो आफ्नो सोच्ने तरिका हुन्छ । मेरो नजिकको साथी सुख र दुखी बनाउने साथी भनेको नै पुस्तक हो । मलाई कर्णाली ब्लूज निकै मन परेको किताब हो । मैले यो बुक दोहोराएर पनि पढेँ । म संग पुस्तकको कलेक्शन पनि छ ।

नायिका पछि निर्माताको जिम्मेवारी निकै ठूलो हुदोँ रहेछ

अहिले राज्जा रानीको प्रोमाशनका लागि हिडिरहेकी छु । त्यसैगरी मेरो सिनेमा कोहलपुर एक्सप्रेसको सम्पूर्ण काम सकाएर हामी ईडिटिङ्गको काममा व्यस्त छौ । नायिका पछि निर्माताको जिम्मेवारी निकै ठूलो हुदोँ रहेछ । काम गर्ने मानिसहरु हुन्छन विभिन्न डिर्पाटमा जस्तो लागेको थियो । तर, त्यस्तो नहुने रहेछ । सिनेमामा अभिनेत्रीको रुपमा पनि छु । यो कुरालाई ब्यालेन्स गर्न भने अलि गाह्रो भएको थियो । सिने क्षेत्रमा अभिनेत्रीको रुपमा लाग्नु अघि नै म फिल्म मेकिङ्गलाई लिएर निकै सिरियस नै छु । आफ्नो सूट नहुदाँ पनि क्यामरा पछाडीको कुराको ज्ञान भने लिने गर्छु । लेन्सको बारेमा पनि थाहा पाईरहन्छु । म यो क्षेत्रको बारेमा सबै कुरा थाहापाएर भने आएको होईन । मैले जे गरिरहेको छु त्यही कुरालाई निरन्तरता दिऊ भन्ने मेरो सोचाई हो ।

You might also like

Comments

Loading...