सन्तोषको ‘सुरक्षा’मा राष्ट्रकवि सहितका अग्रजहरु

संगीतकार सन्तोष श्रेष्ठको एकल संगीतमा राष्ट्रिय भावका गीत समेटिएको एल्वम सुरक्षा सार्बजनिक भएको छ ।
शनिबार राजधानीमा एक कार्यक्रमका बीच एल्वमको लोकापर्ण गरिएको हो । ‘सुरक्षा’भित्र ८ वटा गीत समावेश छन् । एल्वममा राष्ट्रकवि माधवप्रसाद घिमिरे, कालीप्रसाद रिजाल, दिनेश अधिकारी, श्रीपुरुष ढाकाल, रमेश क्षितिज, डा. नवराज लम्साल, भावेश भुमरीका शब्द समाबेश छन । एल्वमका गीतमा शिव परियार ,मनोजराज ,कर्म ग्याल्छेन बमजन, भविन ढुंगाना, थुप्तेन भुटिया र सन्तोष श्रेष्ठको स्वर रहेको छ ।

राष्ट्रकविको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिव परियारको स्वर रहेको ‘पश्चिम रुन्छ महाकाली पूर्व रुन्छ मेची, जब तिमी रमाउँछौ आफ्नै आत्म बेची’बोलको स्वदेश गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको थियो । म्यूजिक भिडियोलाई सञ्चारकर्मी शान्तिप्रियले निर्देशन गरेका हुन जसमा निर्मल शर्मा, ज्योती प्रकाश विक, सारिका घिमिरे सुमन बैरागी लगायतका कलाकारले अभिनय गरेका छन् । करिव १ हजार गीतमा संगीत गरेका सन्तोको ‘सुरक्षा’ २१ औं एकल एल्वम हो ।

सन्तोष श्रेष्ठको संगीत रहेको तिम्ले पराई ठानेपछि पराई हुन के भयो र बोलको गीत नेपाली सुगम संगीतमा सर्बाधिक रुचाइएको गीत हो । लोकराज अधिकारीको शब्द ,,अन्जु पन्त र शिशिर योगीको छुटटा छुटटै स्वर रहेको गीतलाई सन्तोषले सांगीतिक जीवनको माइलस्टोन भन्ने गरेका छन । यो गीतले नेपाल टेलिकमको कलर रिङ ब्याक टोनमा सर्बाधिक डाउनलोड भएको गीतको रेकर्ड कायम गरेको छ ।


You might also like

Comments

Loading...