राष्ट्रिय अरनिकोको स्मृति दिवसका अवसरमा सम्मान तथा पुरस्कार

राष्ट्रिय बिभुति अरनिकोको स्मृति दिवसका अवसरमा विभिन्न कलाकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । नेपाल कमर्सियसल आर्टिष्ट संघको बार्षिक उत्सवका अबसरमा संघले कलाकारहरूलाई सम्मान गरेको हो ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा ‘क्यान कला पुरस्कार २०७४’सुरेश द्यःलालाई प्रदान गरियो । त्यस्तै हेमगंगा युवा कला प्रतिभा पुरस्कार २०७४ बाट कलाकार केशवराज खनाल पुरस्कृत गरियो । पुरस्कारको राशि १० हजार १ सय १ रुपैयाँ रहेको थियो ।
त्यसैगरी १० हजार १ सय १ राशिको हेमगंगा महिला कला प्रतिभा पुरस्कार २०७४ बाट भने प्राज्ञ सुस्मा राजभण्डारीलाई प्रदान गरिएको छ । पाँच हजार नगद राशिको ‘क्यान आइडियल कला अवार्ड २०७४’ बाट ज्ञानेश्वर उदय पुरस्कृत भए भने १० हजार नगद राशिको ‘शिवाता प्रतिभा पुरस्कार २०७४’ बाट फोटोग्राफीका विद्यार्थी सुजान श्रेष्ठ पुरस्कृत भइन् ।

७७ वर्षीय कलाकार चन्द्रमणि दाहाल तथा ७१ वर्षीय कलाकार यादवचन्द्र भुर्तेललाई कला सम्मान प्रदान गरिएको छ । संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशी, ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्याय लगायतका अतिथिहरूले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।




You might also like

Comments

Loading...