केसीको समर्थनमा कलाकार

अदालतलाई अवहेलना गरेको आरोपमा त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसी सोमबार राती गिरफ्तार भए । उनलाई गिर्फतार गरेपछि अहिले उनको समर्थनमा विभिन्न ठाउँमा विरोध प्रदर्शन भईरहेको छ । केसीलाई सोमबार राती प्रहरीले त्रिभुवन शिक्षण अस्पतालको अनसन स्थलबाटै पक्राऊ गरेको थियो । सर्वोच्च अदालतको पक्राऊ आदेशको केही घण्टामै उनी गिरफ्तार भएका थिए ।

केसीले सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर सर्वोच्चका प्रधानन्यायधिसको विरोध गरेका थिए । उनले उनीहरु भ्रष्ट भएको भन्दै आफू उनीहरुको विरुद्धमा अनसन बस्ने बताएका थिए । पछि सर्वोच्चले उनको गिरफ्तारको आदेश पठाएको थियो ।
उनको समर्थनमा केही कलाकारहरुले सामाजिक सञ्जालमा आफ्नो विचार राखेका छन् । उनको समर्थन गर्दै कलाकार दीपकराज गिरीले लेखेका छन्,

त्यस्तै अर्का कलाकार केदार प्रसाद घिमिरेले पनि डाक्टर केसीको समर्थन गर्दै सामाजिक सञ्जालमार्फत सबैलाई पनि उनको समर्थनमा आवाज उठाउन आग्रह गरेका छन् ।
निर्देशक प्रदीप भट्टराईले अमर न्यौपाने शब्द सापटी लिएर सामाजिक सञ्जालमा लेखेका छन्,

तिमी भिलेन बनाउन खोज्छौ उनी हिरो भइदिन्छन्।किनभने तिमी सँग शक्ति छ उनी सँग सत्य छ।

कलाकार रविन्द्र सिंह बानीयाले पनि अमर न्यौपानेकै शब्द सापटी लिएर उनको समर्थन गरेका छन् । यस अघि उनले डाक्टर केसीको एक तस्बिर सहित मंगलबार माईतीघरमा केसीको समर्थनमा हुने विरोध कार्यक्रममा सहभागीता जनाउन सबैलाई निम्तो दिएका थिए ।

कलाकारनिर्मल शर्माले पनि डाक्टर केसीको साथ दिँदै उनको गिरफ्तार भएको विरोध कार्यक्रममा सहभागिता जनाए । अराजकता विरुद्ध आवाज उठाउँ भन्दै उनले अरुलाई पनि केसीको समर्थन गर्न आग्रह गरेका छन् ।

अर्का कलाकार कुमार कट्टेलले डाक्टर केसीको समर्थनमा सामाजिक सञ्जालमा लेखेका छन्,

मेरो प्रिय सरकार
डा.गोबिन्द के सि लाई मात्र किन
मिल्छ भने धुर्मुस सुन्तलि, रबी लामिछाने, महाबिर पुन , कुलामान घिसिङ लाई पनि लगेर थुन्देन !
कमसे कम हामी ३ करोड नेपाली जनताहरु एकै चोटी सडकमा गएर
तिमीहरु जस्ता भ्रष्ट नालायक कपुत हरुलाई मिल्काएर
यो देश उहाँहरु जस्तो नेपाल आमाका सपुतहरुलाई जिम्मा लगाउन त पाउथ्यौ।
भ्रष्टाचारको अन्त ,सुशासन ,पूर्ण लोकतन्त्र र विकाशको लागी अव जनताको जनआन्दोलन -३ हुनु पर्दछ।

 

अभिनेत्री दिया मास्के, करिष्मा मानन्धर, केकी अधिकारी लगायतले पनि सामाजिक सञ्जालमार्फत केसीको समर्थन गरेका छन् ।

You might also like

Comments

Loading...