आलोचनाका बाबजुद पनि सबलाई पन्छाएर एकोहोरो नाटकमा अघि बढें— रविन्द्र झा

२०५३ सालदेखी नाटकमा पाइला हालेका रविन्द्र झा ले २०५८ सालदेखि कलाक्षेत्रलाई निरन्तरता दिए । सिनेमामा चंखे शंखे र पँखेबाट डेब्यु गरेका रविन्द्रका , जात्रा, २ रुपैयाँ , फाटेको जुत्ता प्रदर्शन भैसकेका छन अब माघमा नयाँ सिनेमा शेरबहादुर आउदै छ । यहि मेसोमा झा संग गरिएको कला गफ ।

अहिले के को सुटिङ्मा ब्यस्त हुनुहुन्छ ?

मिस्टर भर्जिनको सुटिङ्मा ब्यस्त छु । जाडोको समय राती राती सुटिङ्् पर्छ तनाब छ ।

कति दिन भयो राती राती सुटिङ् गर्न थाल्नु भएको ?

मात्र २३ दिन भयो ।

अहिले लगातार कति वटा चलचित्रमा ब्यबस्त हुनुहुन्छ ?

मिस्टर भर्जिन संगसंगै माग २३ गते आउने शेरबहादुर,कोहलपूर एक्सप्रेस र सुनकेशरी यिनै हुन् ।

चलचित्र जात्राले यति धेरै ब्यस्त बनाइ दियो तपाईलाई ?

हो हो ..जात्रालेनै क्रेज बढाइ दियो ।

चलचित्र जात्रा पछि रबिन्द्र झा भन्ने मान्छे टुप्लुक्क आइपुग्यो भन्ने धेरैलाई लाग्यो होला है ?

हजुर हजुर त्यस्तै लाग्यो होला ।

यहाँ सम्म आइपुग्नको लागी रबिन्द्र झाले कति संर्घष गरेको छ ?

संर्घषको त अब सिमै छैन । नसोधे पनि हुन्छ ,यति सर्घष गरेको छु । घरपरिवारको तनाब, बाहिर मान्छेहरुको कुराहरु सुन्दा पनि नराम्रो लाग्थ्यो तर विभीन्न खाले आलोचनाका बाबजुद पनि सबलाई पन्छाएर एकोहोरो नाटकमा अघि बढे । तर पछि आएर घरपरिवारको पनि साथ पाए ।

नाटकमा मात्र कति समय बिताउनु भयो ?

२०५३ सालदेखी रुचि राखे, निरन्तर लागी परेको चै २०५८ साल देखी हो । काठमाण्डौ नेपाल कर्मस क्याम्पस पढ्दा पढ्दै दिल्ली गएर तीन बर्ष नाटक सिके ।

अनि तपाईत कर्मस पढेको मान्छे बैङ्क तिर लाग्नुपर्ने, बित्तिय संघ संस्थाहरु तीर जागीर खानुपर्ने पैसा कमाउनु पर्ने कसरी नाटक तिर लाग्नुभयो ?

हैन, राष्ट्रिय अनुसन्धानमा ६ महिना जागीर पनि गरेको मैले । ६ महिना पछि छोड्दिए । किनकी मलाई रुची नै थिएन । त्यकारण घरपरिवार रिसाउनु पनि भयो ।

राष्ट्रिय अनुसन्धानमा तलब कति थियो ?

त्यो बेलामा ६ साढे ६ हजार थियो ।

नाटकहरु कति वटा गर्नुभयो ?

ठ्याक्कै याद त छैन । फूल नाटक ३०÷३५ वटा सडक नाटक डेढ दुई हजार र रेडीयो नाटक अझैपनि गर्दैछु ।

यति धेरै अनुभव भएको कलाकार पर्दामा आउनचै अलि ढिलो भएको होइन ?

म आफैलाई फिल भएको थिएन सबैले भनेपछि साच्चै ढिलो आएछु भन्ने फिल भयो । कामको फुर्सद थिएन त्यसैले यतातिर सोचेको थिइन ।

You might also like

Comments

Loading...