सोभित बस्नेतमा केन्द्रित ‘शेरेले हँसाउँछ’

डिस होमको रमाईलो टि भिमा प्रसारण हुँदै आईरहेको टेलिश्रृङखला हो ‘शेरेले हँसाउँछ’ । यस सिरियलमा कलाकार सोभित बस्नेत मल्टिक्यारेक्टरमा छन् । उनले यसमा पुरुष पात्रसँगै महिला पात्रको भूमिका निर्वाह गरेका छन् । सोभितले यसमा आमा बुवा, छोरा बुहारीको भूमिका निर्वाह गरेका छन् । यसका अलावा उनी शर्मिला नामक पात्र र नातिनी चन्चलीको भूमिका पनि निार्वाह गरेका छन् । स्पष्ट भन्ने हो भने यो टेलिश्रृङखला उनमै केन्द्रित छ ।

डिसहोमका लागि वरिजिनल ईन्टरटेनमेन्ट प्रालीको प्रस्तुति ‘सेरेले हँसाउँछ’का शीर्ष भूमिकामा भने ‘जय किशन बस्नेत’ छन् ।
सिरियलमा शोभित बस्नेत र जय किशन बस्नेतका अलावा उत्तम केसी, पुरन थापा, मदन ताम्राकार, गणेश बर्तौला, भोला सुबेदी, बिपन कार्की, निशान चिलुवाल, ज्ञान कुमार कटुवाल, रामजी राउत, शिव पुरुष, अनिता बैजु, दीपा पनेरु लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

‘शेरेले हँसाउँछ’लाई सोभित बस्नेत र टिमले निर्देशन गर्दै आएको छ । जय किसन बस्नेतको लेखन र गणेश बर्तौलाको मुख्य सहायक निर्देशन रहेको यस सिरियललाई क्यामोदिन मियाले सम्पादन गर्दै आएका छन् ।
>

You might also like

Comments

Loading...