युट्युबमा अब ईन्फर्मल हेमन्त

गायक हेमन्त शर्माले आफ्नै युट्युब च्यानल हेमन्त शर्मा अफिशियल मार्फत ‘ईन्मर्फमल हेमन्त’ नामक कार्यक्रम शुरु गरेका छन् । उनले आफू जहाँ–जहाँ पुग्छु त्यहि बाट कार्यक्रम गर्ने जानकारी ‘ईन्फर्मल हेमन्त’को पहिलो भागमा दिएका छन् ।

उनले यस कार्यक्रममा अतिथिको रुपमा कसैलाई नबोलाउने तर विभिन्न विषयहरुमा केन्द्रित रहेर आफैले कार्यक्रम चलाउने जानकारी दिएका छन् ।

उनले पहिलो एपिशोडमा भनेका छन्, ‘मैले पत्रिका, रेडियो, टेलिभिजन र अनलाईन गरेर अहिलेसम्म एक हजार भन्दा धेरै अन्र्तवार्ता दिएको छु । तर कैयौँ अन्र्तवर्ता सम्झन योग्य रहेनन् । मलाई झण्डै ७ सय जति अन्र्तवार्तामा शुरुमा सन्चै हुनुहुन्छ ?  भनेर सोधियो । अनि मैले यसको जवाफमा मलाई सन्चो छैन भनेर भने । तर उहाँहरुले अँ साच्ची ! के भएको छ तपाईँलाई भनेर नसोधी अबको योजना के छ ? भनेर सोध्न थाल्नु भयो । तर कैयौँ सम्झन लायकका अन्र्तवार्ता पनि छन् । कैयौँ अन्र्तवार्तामा नउप्केका कुरा, कैयौँ यात्रामा नदेखिएका कुरा, कैयौँ देखिएर पनि लुकेका कुरा मैले ‘ईन्फर्मल हेमन्त’मा गर्ने प्रयास गर्नेछु ।’

यसका साथै उनले कहिले काँही धेरैजनासँग भेला भएको कुरा र क्षणहरु पनि यसमा प्रस्तुत गर्न सक्ने जानकारी दिएका छन् ।

उनले यसको दोस्रो एपिशोडमा एकदमै प्रेरणदायी कुरा गरेका छन् । यसमा उनले आत्महत्याका बारेमा खुलेर कुरा गरेका छन् । उनले यसमा मानिसले आफूमा भएका राम्रा कुराहरु खोतल्ने प्रयास गर्नुपर्ने उल्लेख गरेका छन् ।

आफ्नो संघर्षका दिनलाई सम्झदै आत्महत्या गर्न मन लागेको समयमा आफूभन्दा सफल भएका अगाडिका व्यक्तिलाई नभएर असफल भएर पनि खुशी भएका पछाडिका साथीहरुलाई हेरेर मन बुझाउने गरेको खुलाएका छन् ।

मानिसहरुले स–साना कुराहरुमा हार खाएर आत्महत्या गर्नु राम्रो नभएको उनको यो एपिशोडको आशय हो । प्रकृतीले जन्म दियो र मृत्यु दिने अधिकार पनि उसकै छ भन्दै उनले यस एपिशोडको अन्त्य गरेका छन् ।

You might also like

Comments

Loading...