कलाकार कमलमणी नेपालको चिया चौतारी देखि रंगमञ्च सम्मको यात्रा

नेपाली टेलिसिरीयल भद्रगोलमा ‘के त भन्दा खेरी आखिरमा होन्त’ भन्ने डाइलग र खुपीका बा भनेर चिनीएका हास्य कलाकार कमलमणी नेपाल कुनै समय रेडियो अडियोका कार्यक्रम प्रस्तोता थिए । त्यतिबेलाको आफ्नो पात्र र प्रस्तुतीलाई फर्केर हेर्दा कस्तो लाग्छ त नेपाललाई अनि रंगमञ्चको यात्रा कसरी तय भयो ? प्रस्तुत छ उनकै लयमा ।

रेडियो अडियोको चिया चौतारी कार्यक्रममा मलाई सबैले घोडा दाई घोडा भनेर बोलाउने गर्थे । चिया चौतारी भनेको गाँउ घरको चिया खाने ठाँउ जस्तो हो । त्यहाँ आएर चिया खानेहरु जस्तो हुन्छन हामी रेडियो कार्यक्रममा पनि त्यी नै क्यारेक्टलाई प्रस्तुत गर्न खोजेको थियौ । तर, त्यसमा आफू धेरै बोलेर अरुलाई बोल्न नदिने हो । त्यो भएको कारणले सबैले धोडा दाई घोडा दाई भन्ने गर्थे । त्यो पात्र त्यसरी जन्मिएको हो । म हिमालयन टेलिभिजनमा पनि काम गरेँ । मैले लौरोले धेरै चोटी धमलालाई हमला गरेको छु ।

रेडियोको नाटकमा पनि निरन्तर रुपमा काम गरिरहेको छु । रेडियो कार्यक्रममा निकै रमाईलो हुन्छ । हामीले चिया चौतारीमा स्क्रिप्ट बिना नै काम शुरु गरेको हौ । यहाँ काम गरेर एक किसिमको अनुभव भयो । पछिपछि रेडियोमा काम गर्दा स्क्रिप्ट हाम्रो हातमा आउँदा भने हामीलाई केही फरक पर्दैन रहेछ । स्क्रिप्ट भयो भने त्यहाँ भएको कुरालाई झन खेलाएर भन्न सकिन्छ जस्तो मलाई लाग्छ । कुनै समयमा भने शब्दलाई लिएर सचेत भईन्छ । त्यो कुरालाई एकचोटी स्क्रिप्ट पढ्यो भने मिलाउन भने पक्कै सकिन्छ । कुनै समय थियो जब कुनै काम नभएर रेडियो अडियो आएर खाजा खाएर गईन्थ्यो ।

अहिले कलाकार भएको छु । कलाकार हुुुनु फाईदै हो जस्तो लाग्छ किनभने सबैले चिन्छन माया गर्छन राम्रो भन्छन । केही समयमा दुख पनि थियो नभएको भने होईन । घर परिवारबाट शुरु शुरुमा त नटुवा भईस पनि भन्थेँ । त कलाकार भईस अरे तेरो त टेलिभिजनमा पनि आउँदैन खै तेरो अभिनय देखान भन्ने खालको कुरा पनि आउँथ्यो । उहाँको कुराले चित्त पनि दुख्थ्यो ।

म यो क्षेत्रमा रङ्गमञ्च हुदै आएको हो । मैले बाह्र तेह्र वर्ष त स्टेजमा नै बिताए । म गाँउबाट यहाँ नाटक खेल्छु सिनेमामा काम गर्छुे भनेर आएको भने होईन । म कम्प्यूटर सिक्न भनेर छिरेको हो । तर त्यो बिचमा जयुतु संस्कृतमको आन्दोलनको स्वर्ण महोत्सव हुने रहेछ नाचघरमा । म गाउँघर मै बेलाबखतमा क्यारिकेचर गर्ने गर्थे । धेरैले क्यारिकेचर गर्न लाँउथे । त्यो नाटकमा चाहि तराई वासीको झै बोल्ने गर्थे । त्यहाँ मलाई क्यारिकेचर गर्ने अवसर प्राप्त भयो । त्यसपछि मैले स्विकार गरेँ ।

त्यसपछि म वाल्मिकी क्याम्पस गए र त्यहाँ म जस्तो धेरैले नाटक सिकिरहनुभएको थियो । मैले मधेसी नेताको क्यारिकेचर गरेँ । त्यसपछि मैले शो पनि गरे र मलाई त्यो बेलाको प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला ज्यूले एउटा प्रमाण पत्र दिनुभएको थियो । त्यो अहिले पनि मै संग छ । त्यही नाटकको पेरीफेरीमा जो जो हुनुहुन्थ्यो त्यी साथीहरुले मलाई नाचघरमा एक्टिङ्गको फर्म खुलयो भने फर्म भर्न भने । त्यसपछि मैले नाटककोे बाटो समातेँ ।

You might also like

Comments

Loading...