मह सञ्चारको ‘सुर–बेसुर’

मह सञ्चारको प्रस्तुति टेलिफिल्म ‘सुरबेसुर’ दर्शकले रुचाएको टेलिफिल्म हो । संगीतको विषयमा तयार पारिएको यस टेलिफिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य। राजाराम पौड्याल लगायतका कलाकारहरुको मुख्य भूमिका छ । यसमा मदन कृष्ण श्रेष्ठले संगीतमा पोख्त पात्र सरस्वती ओस्ताजको भूमिका निर्वाह गरेका छन् जसको आफ्नै रेकर्डिङ स्टुडियो पनि हुन्छ । हरिवंशले धनि बाऊको एक्लो छोराको भूमिका निर्वाह गरेका छन् । उनको बुवाको भूमिकामा कलाकार राजाराम पौड्याल छन् ।

मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको कथा, पटकथा तथा निर्देशन रहेको यस टेलिफिल्ममा दिर्घ गुरुङको छायाकंन, माणिक उरायको सम्पादन र गौरी शंकर धुजुको छायाँकंन छ । वर्षौ पुरानो यस टेलिफिल्मलाई अहिले पनि मह सञ्चारको युट्युब च्यानलमा हेर्न पाईन्छ ।

You might also like

Comments

Loading...