यौनलाई सस्तो बिषय सोंच्नु एकदमै ठूलो मूर्खता हो —अनुपम रोशी

साहित्यकार अनुपम रोशीको नयाँ कृति ‘मध्यान्तर कथा संग्रह सार्बजनिक भएको छ । यस अघि उनका यौन मनोबिज्ञानका विषयमा कुमारी आमा, नाङगो मान्छे र कालो छायाँ उपन्यास प्रकाशित छन । रोशीले यौन मनोविज्ञानलाई नै पछिल्लो कृतिमा निरन्तरता दिएकि छन
‘मध्यान्तर’ राजधानीमा बुधबार वरिष्ठ कथाकार माया ठकुरी, लेखक युग पाठक, समालोचक रजनी ढकाल र केशव सिग्देल लगायतले लोकार्पण गरेका हुन । प्रस्तुत छ रोशी संग करिश्मा केसीले गरेको कलागफ ।

मध्यान्तर मा के छ ?
मध्यान्तर भनेको कथा संग्रह हो । यसमा विभिन्न विषयबस्तुहरुलाई समेटीएको कथाहरु छन् समाज,जीवन र राजनीतिक संग नजिक रहेर लेखीएका । त्यसैगरी प्रेम, दृष्टिकोण र चेतनासंग जोडीएका कथाहरुनै धेरै छन् । स्पष्ट रुपमा भन्नुपर्दा मान्छेको जैविक स्वतन्त्रतालाई मैले मूल केन्द्रमा राखेर लेखीएका कथाहरु यस भित्र छन् ।

बिषय बस्तु चयन र उठान कसरी गरिएको छ ?
कथाको विषय बस्तु छुट्टा छुट्टै हुन्छ । यसमा सोह्र वटा कथा बस्तुहरु छन् । सोह्र वटा कथा बस्तुमा सोह्र वटै बिषय बस्तुहरु छन् । बिषयबस्तु चै समाजको सामाजिक घटना परिघटना र मान्छेको मन मष्तिष्कको कुरालाई आधारमा राखेर र समाजसंग नजिक रहेर नै उठान भएका छन् ।

पुस्तक प्रकाशन गर्न कति समय लाग्यो ?
धेरै पहिले देखी लेखी राखेको कथाहरु थियो । झन्डै चार पाँच बर्षको अबधिमा निस्केको पुस्तक हो ।

यो भन्दा अघि तपाइको कुमारी आमा, नाङ्गो मान्छे र कालो छायाँ जस्ता उपन्यासहरु प्रकाशित भएका थिए । उपन्यास लेख्दा लेख्दै एक्कासी कथातिर कसरी मन गयो ?
यस्तो छ कथा र उपन्यासको घटनाहरु लगभग उस्ता उस्तै हुन्छ । किनकी उपन्यासमा पनि घटना हुन्छ र कथामा पनि हुन्छ । उपन्यासमा लामो घटनाहरु हुन्छ । एउटा घटनाको सबै परिबेश, मूल्य मान्यताहरु र त्यसका आधारहरु समेटीएको हुन्छ उपन्यास । कथा चै अलि सानो हुन्छ । अलि सानो घटनाक्रमलाई लेखीएको हुन्छ । कथा र उपन्यासको स्वरुप उस्तै उस्तै मिल्दोजुल्दोनै हुन्छ त्यसकारण उपन्यास लेख्ने मान्छेले कथा चै लेखीराखेकै हुन्छ भन्ने लाग्छ ।

उपन्यास र कथामा कुन सजिलो हुने रैछ लेख्न ?
उपन्यास लेल्ने सन्दर्भमा एउटै घटनामा एउटै परिबेसमा बसेर लेख्दा उपन्यासलाई एउटै घटनाले धेरै कुराहरु तान्नु पर्ने हुन्छ भने कथालाई चै धेरै बिषयबस्तु चाहिन्छ । लेखनको हिसाबले कथा लेख्न चै अलि गाह्रो कुरा हो । किनकी जुन पायो त्यही बिषयबस्तु उठान गरेर पनि हुदैन र कुन बिषयमा कथा लेख्ने भन्ने थाहा पाउनका लागी समय लाग्छ । बिषयबस्तु धेरै हुने हुनाले कथा लेख्ने चै गाहै्र कुरा हो ।

अघिल्ला उपन्यासको बारेमा पाठकहरुबाट कस्तो प्रतिक्रिया पाउँनुभएको थियो र यो कथा संग्रहबाट के अपेक्षा गर्नु भएको छ ?
अघिल्ला उपन्यासहरुमा पनि मेरो चै एउटा सशक्त, बोल्डखालको र मान्छेहरुले पढ्दा खेरी एक किसीमको आँट, जाँगर, उत्साह प्राप्त गरियो भन्ने खालको प्रतिकृयाहरु प्राप्त भएको थियो पाठकहरुबाट । तपाइले बोल्ड लेख्नुहुन्छ, यौन मनोबिज्ञानलाई पनि केन्द्र बनाउनु हुन्छ भन्नुहुन्छ । जे होस मेरा सब उपन्यासहरु पाठकहरुले मन पराइ दिनुभएको छ । राम्रो भन्नुभएको छ । यस कथा संग्रहमा पनि एकदमै फरक खालको कथा छ र कसैले पनि उठान नगरेको बिषयहरु यसमा उठान भाका छन् । त्यसले गर्दा यो कथा पनि पाठकहरुले एकदमै मन पराउनुहुनेछ र अघिल्ला कृतिहरु जस्तै यसलाई पनि अझ बढी मायाँ गर्नुहुन्छ भन्ने मेरो बिश्वास छ ।

तपाई महिला , यौन मनोबिज्ञानमा रहेर उपन्यासहरु लेख्ने गर्नुहुन्छ,के कस्ता गाह्रो अप्ठ्यारोहरु छन् ?
यस्तो छ । मुख्यत सोंचाइको कुराहो हेर्नुस । महिलाहरुले लेख्दाखेरी अलिकती गाह्रो पनि छ । किन भन्दाखेरी त्यही एकदमै भल्गर शब्दहरु राखेर लेखेका कुराहरु पुरुषले लेख्दा साहित्य बन्छ । महिला लेखकले त्यही कुरा अलि क्लिन भाषामा यौनका कुरा लेख्दा खेरी त्यसलाई यौन साहित्य अथवा अरु यौनमै लगेर टुङ्ग्याइदिने खालका कुराहरु समाजमा हुन्छ । तर यौनलाई त्यसरी सस्तो बिषय सोंच्नु एकदमै ठूलो मूर्खता हो । किनकी यौन भनेको जीवनसंग जोडीने कुरा हो, जगत संग जोडीने कुरा हो, श्रृष्टि संग जोडीने कुरा हो । त्यसलाई गहिरो अध्ययन गर्न सक्ने क्षमता सायद सबै मान्छेमा हुदैन भन्ने लाग्छ । त्यसलाई जसले गहिरो संग अध्ययन गर्न सक्छ त्यो चै पाठक महान होे भन्ने मेरो बुझाई छ । महिलालाई बास्तवमा गाह्रो छ र त्यही कुरा पुरुषले लेख्दा महान साहित्य भनिन्छ हाम्रो समाजमा भने त्यही कुरा महिलाले लेख्दा यसले चै खाली यौनको कुरा मात्र लेख्छे भन्ने खालको मानसिकता समाजले राखेको अनुभव मैले गरेको छु ।

समाजले औल्याउने गाह्रो अप्ठ्यारोको बाबजुद पनि यौन मनोबिज्ञानका कुरा लेख्न छोड्नु भएन नि ?
म एकदमै फ्याक्ट जीवन जीउने मान्छे हुँ । मलाई सबैे संग साक्षात्कार हुन मन पर्छ । र सत्य के हो त्यो कुरा लेख्न मलाई कसैले पनि छेक्दैन । म कसैसंग डराउँदा पनि डराउँदिन सामाजिक रुपमा, पारिवारीक रुपमा अथवा जुनसुकै रुपमा पनि मलाई जेसुकै भनियोस् मलाई कुनै कुराको मतलब पनि छैन । मैले आफूले देखेको,आफूले जानेको कुरा र आफूले अनुभव गरेको कुरा मैले लेख्ने हो । यसमा कस्ले के भन्छ भन्ने कुराको अप्ठ्यारो मनमा लिएर बस्ने मान्छे म होइन । म स्वतन्त्र बिचार राख्छु र स्वतन्त्र भएर नै लेख्न मन पराउँछु । त्यस कारण यी सबै कुराहरुबाट म माथि छु भन्ने लाग्छ ।

You might also like

Comments

Loading...