आजको सिनेमा ‘भैरव’

अभिनेता निखिल उप्रेतीले पहिलो पटक निर्देशन गरेको सिनेमा हो ‘भैरव’ । लामो समय सिनेमाबाट टाढा रहेपछि उनले यो सिनेमा मार्फत निर्देशक र अभिनेताको रुपमा दुईवर्ष अघि कमब्याक गरेका हुन् । निखिललाई पहिलो निर्देशनले राम्रो सफलता दियो । रतन दारुवाल ब्यानरमा निर्माण भएको यस सिनेमालाई जोहन दारुवालले निर्माण गरेका हुन् ।
सिनेमामा निखिल उप्रेतीका, अनु शाह, मुरलीधर, जय किशन बस्नेत, नगेन्द्र रिजाल, रोबिन सेन लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

समग्रमा ‘भैरव’ एउटा ईमान्दार पुलिस अफिसरको वरीपरी घुम्छ । सिनेमाको शिर्ष भूमिका ‘भैरव’को रुपमा निखिल छन् जो प्रहरी अफिसर हुन्छ ।

कलाकार तथा गायक मुरधीधरले यस सिनेमामा भिलेन राधेश्यामको भूमिका निर्वाह गरेका छन् । खासमा यस सिनेमाका मुख्य पात्र निखिल र मुरलीधर हुन्छन् ।
अभिनेत्री मेनुका प्रधानको पनि यस सिनेमामा विशेष भूमिका छ । उनलाई सिनेमाको एउटा गीतमा स्थान दिईएको छ ।
अभिनेता जय किसन बस्नेतले सिनेमामा प्रहरीको भूमिका निर्वाह गरेका छन् । सिनेमामा निखिलको जोडीको रुपमा अभिनेत्री अनु शाहले अभिनय गरेकी छिन् ।

You might also like

Comments

Loading...