एक करोड पटक हेरियो ‘चिया कफी’

विकास राज आचार्यको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘नाई नभन्नु ल ४’ मा समावेश ‘चिया कफी’ बोलका गीत युट्युबमा एक करोड पटक हेरिने गीत बनेको छ । सुगम पोखरेल र ईन्दिरा जोशीको आवाज रहेको यस गीतमा अभिनेता पल शाह र आँचल शर्मालाई फिचर गरिएको छ ।
यहि सिनेमाबाट पल र आँचलले सिनेमा क्षेत्रमा डेब्यु गरेका हुन् । अहिले यो जोडी पर्दामा मात्रै हैन वास्तविक जीवनमा पनि धेरै रुचाईएको जोडीमा पर्छ । कलाकार राजाराम पौड्यालले उनीहरुको लोकप्रियता र केमेस्ट्रि देखेर नामाकारण पनि गरिदिएका छन् । यो जोडी कलाकार र मिडियामा आँप जोडीको रुपमा परिचित छ ।
‘नाई नभन्नु ल ४’बाट एकसाथ डेब्यु गरेका यी दुईले सिनेमा ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’मा पर्दा बाँडेका छन् ।
यस अघि युट्युमा एक करोड पटक हेरिने गीतमा ‘वडा नम्बर ६’ को सुर्के थैली, ‘छक्का पञ्जा’को पूर्व पश्चिम रेल, ‘दुई रुपैयाँ’को कुटुमा कुटु, ‘छक्का पञ्जा २’ को ए दाजु नसमाऊ नाडीमा, ‘म यस्तो गीत गाउँछु’को भन्छु आज एउटा कुरा, ‘हाउ फन्नी’को शिरैमा शिरबन्दी लगायतका गीतहरु छन् । यी मध्ये सिनेमा ‘दुई रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ सबैभन्दा धेरै पटक हेरिने गीत हो । यस गीतलाई चार करोड भन्दा धेरै पटक हेरिएको छ ।

You might also like

Comments

Loading...