हलमा मिस्टर झोले’र ‘बटरफ्लाई’

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार दुई सिनेमा ‘मिस्टर झोले’र ‘बटरफ्लाई’ रिलिज भएको छ ।
‘मिस्टर झोले’लाई ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुंगा’ जस्ता चलचित्र निर्देशन गरेका रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।
यो सिनेमामा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, बुद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणि नेपाल, सरोज अर्याल,मनिराम पोखरेल लगायतको अभिनय रहेको छ ।

सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको संयूक्त लगानीमा निर्माण गरिएको सिनेमाका कार्यकारी निर्माता रौनक विक्रम कँडेल हुन । कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको सिनेमामा रवी न्यौपानेको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ । त्यसैगरी आजै रिलिज भएको ओमप्रतिक गुरुङले निर्देशन गरेको ‘बटरफ्लाई’मा आर्यन अधिकारी र प्रियंका कार्की,अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

द फ्रेम क्रियसनको प्रस्तुति ‘बटरफ्लाईमा पुष्पाञ्जली अधिकारी , रामशरण राना र भुपेन्द्र सुवेदीको लगानी छ । चलचित्रलाई अर्जुन जिसी र मन्दील श्रेष्ठले सम्पादन गरेका छन् भने छायाँकनमा सुरेश बज्राचार्य र द्वन्द निर्देशनमा कुमार महर्जन रहेका छन् । सिनेमामा अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ

You might also like

Comments

Loading...