‘जिरे खुर्सानी’ मा कैँची लागेपछि जितुले लेखे यस्तो

जितु नेपालको लेखन तथा निर्देशन रहेको टेलिश्रृङखला ‘जिरे खुर्सानी’ नेपाल टेलिभिजनबाट हरेक बिहिबार राती ८: ५५ मा प्रसारण हुँदै आएको छ । समसामायिक र सामाजिक विषयमाथि व्यङग्य गर्दै आएको ‘जिरे खुर्सानी’ले यस पटकको एपिशोडमा डाक्टर केसीको गिरफ्तार र अनसनलाई मुख्य विषय बनाएको थियो ।

झण्डै ५ मिनेटको दृश्य निर्माण भएकोमा नेपाल टेलिभिजनले यसमा कैँची लगाएर जम्मा २ मिनेटको मात्र प्रसारण गरेको थियो । यसमा जितु नेपालले दुख प्रकट गरेका छन् । उनले सामाजिक सञ्जालमा एक स्ट्याटस लेखेर टेलिभिजनमा काटिएका दृश्यहरु युट्युबमा भने हेर्न मिल्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्,

डा. गोबिन्द के. सी. लाई पक्राउ गरेको बिषयलाई लियर मैले जिरेखुर्सानीमा करीब ४/५ मिनेटको दृष्य राखेको थिय तर ntv ले उक्त दृष्यका संवादहरू काटेर १/२ मिनेट मात्रै प्रसारण गरेछ, ntv का श्रीमानहरूका आफ्नै भनाई होलान…। हिजोको भागमा tv बाट प्रसारण नभयको र काटीयको संवादहरू youtube मा चॉही हेर्नसक्नु हुनेछ हेरेर प्रतीकृयाको अप्क्ष्या गर्दछु…

You might also like

Comments

Loading...