कोहलपूर एम्सप्रेसको निर्देशक भण्डारी ३५ औ बर्षमा प्रबेश

निर्देशक बिशाल भण्डारीले आज आफनो ३५ औं जन्मदिन मनाउदै छन । थुप्रै म्यूजिक भिडियो निर्देशन गरेका भण्डारी यतिबेला चलचित्र कोहलपूर एम्सप्रेसको निर्देशनमा ब्यस्त छन । उनी आफ्नो जन्मदिनको दिन आज पनि चलचित्र कोहलपूर एम्सप्रेस कै काममा ब्यस्त हुने बताएका छन् । बाबा गौरीशंकर भण्डारी र माता मुना भण्डारीको कोखबाट मोरङ्को बेलबारीमा जन्मीएका उनी परिवारको जेठो सन्तान हुन । उनी भन्दा मुनी दुई जना भाईहरु छन । भण्डारी बाल्यकालमा निकै चकचके स्वभावका थिए । सानोमा उनी निकै चकचके भएको कुरा आफ्नो आमाले भन्ने गरेको बताए ।

तर अलि पछि आफैले थाहा पाउने भएपछि भने उनी अध्ययनमा अलि बढी रुची राख्ने, सिनेमा, टेलीभिजन हेर्न रुचाउने चञ्चले स्वभावको रहेको बताए । यसपाली जन्मदिनलाई कुनै बिशेष किसीमले मनाउने सोंच नभएको उनले बताएका छन् । अघिल्ला बर्षहरुको जन्मदिनमा भने साथीभाइहरुले सेलीब्रेट गर्दिने गरेको उनले जानकारी दिए । जन्मदिनको अबसरमा भण्डारीलाई गफगाफ डटकमको तर्फबाट कलायात्राको सफलता र दीर्घायुको कामना ।

You might also like

Comments

Loading...