दश बीस रुपैया उठाएर दालमोट भूजिया खाँदै नाटकको रिहर्शल गथ्र्यौ—कमलमणि नेपाल

कलाकार भएपछि मान्छेहरु संग देखिदाँ भेट्दा जसरी पेस हुनुहुन्छ नि त्यो बढो गज्जबको लाग्छ । आम मान्छेलाई कसैले पनि त्यसरी बोलाउँदैन मान गर्दैन । कतिपय मान्छेले देख्छन चिन्छन । कतिले चिने पनि सिधै आएर भन्दैनन तर उनीहरु आफैमा कुराकानी र प्रतिक्रिया गरेको भने थाहा हुन्छ । त्यो हुदाँ मज्जा लाग्छ किनभने आम मान्छेलाई कसैले पनि त्यसो गर्दैन म कलाकार भएको कारणले नै मलाई गरेको हो भन्ने मलाई लाग्छ । यो एक किसिमको खुशी हो मेरो लागि किनभने बाह्र पन्ध्र वर्ष गरेको दुखको त्यो एक खालको परिमाण हो दर्शकको प्रतिक्रिया । मलाई रङ्गमन्चमा काम गर्दा मज्जा लाग्छ किनभने यहाँ काम गर्दा एक किसिमको आनन्द छ । जब तपाई मञ्चमा उत्रिनुहुन्छ तब देखि तपाईले सारा कुरा भुल्नुपर्छ । एक समयमा गुरुकुलमा एउटा नाटक गर्दा म निकै बिरामी थिए । ज्वरो र पखाला लागेको थियो । त्यो नाटकमा डाक्टरको भूमिका अत्यन्तै महत्वपूर्ण र कडा थियो । डेढ घण्टा सम्म पखाला लागेर थलिएको मान्छेले दर्शकलाई हसाउनु परेको छ ।

त्यो बेला मलाई लागेको पखालालाई बिर्सिएर मैले जुन हसाउने काम पाएको थिए त्यो निकै आनन्दमय थियो । त्यो सबै रोक्ने शक्ति नाट्यस्वरीबाट आएको हो जस्तो मलाई लाग्छ । मञ्चमा उत्रिसकेपछिको इनर्जी नै बेग्लै हुन्छ । एउटा समय थियो जब हामीलाई आर्थिक समस्याहरु धेरै थिए । हुन त अहिले पनि आर्थिक स्थिती वाह भन्ने त छैन त्यही पनि त्यो बेलाको हेरिकन यो बेलाकोे एकदमै ठिक हो जस्तो लाग्छ किनभने हाम्रो साथीहरु बाह्र पन्ध्र लाख लिन थालिसके । आफ्नो साथीले लगेकै हिसाबले हामीलाई पनि लग्न मन लाग्छ । अहिले बाह्र पन्ध्र लाख लिने साथीहरु संग जब दालमोट र भूजिया खाएर नाटकको रिहर्शल गरेको रमाईलो गराँै भन्दा दश बीस रुपैया उठाएर रमाईलो गथ्र्यौ । त्यो समय अहिले पनि हामी बिर्सिन्नौ । हामीलाई अझै पनि याद छ । हामीले कति दुख गर्यौ भनेर हामीलाई पनि थाहा छ । सिनेमा हेर्न जान हामी संग पैसा नहुदाँ अलिअलि गरेर उठाएको पलहरु पनि निकै सम्झिन्छु ।

हामीले सङ्घर्ष गर्न समयमा सिनेमाहरु धेरै हुदैन्थेँ । तर पनि एउटा दुईवटा सिनेमा हेरेको भने हामीलाई थाहा छ । त्यो बेला मैले रङ्गिला, फुल और काँटे पनि हेरे । कतिपय सिनेमा भने बिर्सिए । थ्रि ईडियट हेर्दा पनि हामी सङ्गघर्ष गर्दै थियौ । लुटले एक किसिमको हाईप लिईसकेपछि रङ्गमञ्चका कलाकारलाई राम्रो भन्न थालेँ । पहिला त नेपाली चलचित्रको कलाकारले रङ्मञ्चकालाई कलाकार नै भन्दैन्थेँ । हामी त्यो पीडाबाट गुज्रिएर आएका हौ । रङ्गमञ्चको कलाकारलाई नेपाल चलचित्र कलाकार संघबाट कहिले पनि हामीलाई केही पनि खबर आउँदैन । तर, पुराना कलाकारहरुलाई भने सबै कुराको खबर हुन्छ । कुनै पनि कार्यक्रममा । उहाँहरुले भोटको लागि कार्ड बनाएर हामीबाट भोट भने लिनुहुन्छ । तर, जब ठाँउमा पुग्नुहुन्छ रङ्गमञ्चका कलाकारलाई उहाँहरुले कलाकार गन्नु हुन्न । पुराना कलाकार भनेको हाम्रो अग्रज हो । नेपाली चलचित्रमा होस या सानो पर्दामा होस नेपाली रङ्गमञ्चमा जति पनि कलाकार हुनुहुन्छ उहाँहरुलाई हामी सधै अग्रजको रुपमा लिन्छौ र सम्मान नै गर्छौ । रङ्गमन्चमा तपाईले केही पनि अभ्यास गर्नुहुन्छ ।

त्यो अभ्यासमा आफूलाई जति सक्दो खार्नुभयो त्यसपछि तपाईले आरामले काम गर्नसक्नुहुन्छ । कहिले काँही केही फुरिहाल्यो भने याड पनि गर्न सक्नुहुन्छ । चलचित्रमा एक खाल्को क्यारेक्टर बनाउँछु भन्ने लाग्दो रहेछ । तर, सट कसरी राखेको हुन्छ हामीहरुलाई ज्ञान हुदैन । रङ्गमञ्चको कलाकार भएको कारण हामी क्यामराको ज्ञान भएको मान्छे भने होईनौ । हामीलाई कुनै पनि स्टेजको दायरा भित्र मज्जाले काम गरेको देख्न सक्नुहुन्छ । त्यहाँ जसरी पनि काम गर्न सक्छौ । हामीलाई स्टेजको फ्रेम थाहा छ तर क्यामराको फ्रेमको बारेमा भने त्यति थाहा छैन । अरु साथीहरुलाई हुन सक्ला तर मलाई भने छैन । मलाई पनि बिस्तारै त्यो ज्ञान होला । कस्तो सट लिईदैछ भन्ने कुरा अहिले पनि थाहा हुन्न । त्यो भएको हुनाले कहिले काही भने अप्ठ्यारो लाग्छ ।

अडियन्सहरुले मलाई चिन्ने भनेको खुपीको बा क्यारेक्टरबाट नै हो । मेरो असली नाम कमल मणी नेपाल त कता हरायो हरायो । जसले पनि खुपीको बा भनेर नै चिन्नुहुन्छ । म समूहको हुलमा स्टेजमा काम गरेको मान्छे । दुई जनाले केही गर्छन जस्तो लाग्दैन । त्यही भएर पनि स्टेजमा काम गरेको छैन । रङ्गमञ्चबाट नै आएको मान्छे भएको हुनाले स्टेजमा काम गर्नै नआउने भन्ने त छैन तर अहिले भने काम गरेको छैन । भद्रगोलको टिममा केही साथीहरु हुनुहुन्न । उहाँहरुले आफै छोड्नुभएको हो । अहिले जो जो हुनुहुन्न उहाँहरुले आफै गर्दिन भनेर छोड्नुभएको हो । रहर र सपना कसैको पनि सकिन्न ।

अझै पनि सानो ठाँउमा आफ्नो थिएटर बनाएर काम गर्न ठूलो ईच्छा छ । दुख पर्दा खुशी लाग्ने भनेको मेरो गुरु सुनिलको कारण हो किनभने म यो क्षेत्रबाट लगभग गईसकेको थिए । म काठमाडौँमा बस्न सक्ने स्थिति थिएन । मलाई काठमाडौँमा रोकेको सुनिल सरले नै हो । नाचघरमा ट्रेनिङ्ग गरिसकेपछि मैले कहिले यता कहिले उता गरेर काम गरेँ । घरबाट एकदमै प्रेसर भयो । बुबाले खर्च उतैबाट पठाउनुपर्ने । आफूूले यताको खर्चको जुगाड गर्न नसकेपछि अब म सक्दिन म फर्किन्छु भनेर साेंचे ।

त्योपछि मलाई सुनिल सरले तिमी बस तिम्रो लागि म केही गर्छु केही न केही हुन्छ भनेर मात्र म काठमाडौँ बसे र घरमा मैले एक वर्षको समय मागे । मैले घरमा यो एक वर्षको समयमा केही गर्न सकिन भने फर्किन्छु भनेको थिए । त्यो बीचमा कान्तिपुर फाईनान्सले मलाई पसल पसलमा गएर पैसा उठाउने जागिर दियो । काममा गएपछि म थिएटरको रिहर्शलमा जान्थे । तलब मेरो २५सय रुपैया हुन्थ्यो । कान्तिपुर फाईनान्स छोडिसकेपछि तीन चार हजार थियो । सुनिल सरले गुरुकुल छोड्ने भनेपछि मलाई गुरुकुलमा बस्छौ भन्नुभयो । त्यो पछि मैले उताको जागिर छोडेर गुरुकुल आएर २५ सय बाट शुरु गरेँ ।

You might also like

Comments

Loading...