आजको सिनेमा ‘झोला’

उत्तम कुमार श्रेष्ठको प्रस्तुति तथा यादव कुमार भट्टराईको निर्देशन रहेको सिनेमा ‘झोला’ दर्शकले रुचाएको सिनेमा हो । कारोबारका हिसाबले हलमा औसत रहेको यो सिनेमालाई युट्युबमा भने झण्डै ३० लाख दर्शक मिलेका छन् । सार्वजनिक भएको दुई वर्षमा यस सिनेमालाई युट्युबमा २९ लाख भन्दा धेरै पटक हेरिएको छ ।

साहित्यकार कृष्ण धाराबासीको चर्चित उपन्यास ‘झोला’मा आधारित यस सिनेमामा गरीमा पन्त, दीपक क्षेत्री, देशभक्त खनाल, लक्ष्मी गिरी, प्रल्हाद कुमार खतिवडा, लक्ष्मण पुण्य, गीता नेपाल, रामगोपाल थापा मुख्य भूमिकामा छन् । बालकलाकारको रुपमा यस सिनेमामा कलाकार सुजल नेपालले काम गरेका छन् । उनी गरीमा र दीपकको छोराको भूमिकामा छन् । सतीप्रथामा केन्द्रित रहेको सिनेमा ‘झोला’ मर्मस्पर्शी बनेको छ ।

दीपक बज्राचार्यको छायाकंन, निमेष श्रेष्ठको सम्पादन, जेशन कुँवरको संगीत रहेको झोलामा पटकथा तथा सम्वाद दीपक आलोकको छ ।
मुख्य सहायक निर्देशको रुपमा हिमाल उप्रेतीले काम गरेका छन् भने सिनेमालाई राजकुमार तिमिल्सना, रामगोपाल थापा, सुशील शाहले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसका कार्यकारी निर्माताको रपमा मालती शाह छिन् ।

You might also like

Comments

Loading...