‘हिजो आजका कुरा’मा यस्ता थिए ‘माग्ने बुढा’

सन्तोष पन्तको कथा तथा निर्देशन रहेको टेलिश्रृङखला ‘हिजो आजका कुरा’ले अहिलेका चर्चित कलाकारहरुलाई डेब्यु गराएको हो । दीपक राज गिरी, दीपाश्री निरौला, जितु नेपाल जस्ता कलाकारहरुले करिअरको शुरुवातमा यहि सिरियलमा काम गरेका हुन् ।
यसै सिरियलबाट अभिनयमा प्रवेश गरेका कलाकार केदार प्रसाद घिमिरे अहिले माग्ने बुढाको नामले परिचित छन् । अहिले उनी अभिनयकै बलबुतामा महंगो कलाकारको सूचिमा उभिएका छन् । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नयाँ सिनेमाका लागि उनले १० लाख पारिश्रमिक लिएको चर्चा अहिले सिनेमा बजारमा छ जुन पारिश्रमिक महंगा भनिएका २/३ जना अभिनेताहरुले भन्दा अरुले लिन सकेका छैनन् । उता दीपाश्री र दीपक राजको सफलतका बारेमा त हामी सबै जानकार नै छौँ ।

‘हिजो आजका कुरा’ पहिले नेपाल टेलिभिजनका लागि तयार पारिएको थियो । यहि च्यानलबाट यो सिरियल केही वर्ष प्रसारण पनि भयो । तर पछि भने यो कान्तीपुर टेलिजिनबाट प्रसारण हुन पुग्यो । एकताकाको लोकप्रिय सिरियल ‘हिजो आजका कुरा’ले केही वर्षयता भने निरन्तरता पाएको छैन । हामीले युट्युबमा कलाकार केदार घिमिरे उर्फ माग्ने बुढाले अभिनय गरेको ‘हिजो आजको कुरा’को सानो क्लिप फेला पारेका छौँ । यसलाई केदारले आफ्नै युट्युब च्यानल माग्ने बुढामा हालेका छन् ।
‘हिजो आजका कुरा’मा शिवराम श्रेष्ठ र अर्जुन तिवारीको छायांकंन,सुनिल श्रेष्ठको सम्पादन, र एन महेन्द्रको लेखन तथा मुख्य सहायक निर्देशन छ ।

You might also like

Comments

Loading...