गायक शान्तिम कोइराला २६ औं बर्षमा प्रबेश

गायक शान्तिम कोइरालाले आज आफ्नो २५ औं जन्मदिन मनाएका छन् । आफ्नो बाबा आमाको साथ बिहानै पशुपति मन्दिर गएको र साझ पनि बाबा आमाकै साथमा रहेर जन्मदिन मनाउने उनको योजना छ । यस भन्दा अघिको समय भने साथी भाईसंगको भेटघाटमा रमाउने उनले बताए । पिता कुमार कोइराला र माता दुर्गा कोइरालाको कोखबाट ओलढुङ्गाको मान्खा गाबिसमा जन्मिएका उनी परिवारको जेठो सन्तान हुन् । उनका दुई बहिनी र एउटा भाई छन् । बाल्यकालमा उनी लजालु तर इखालु स्वभावको थिए । ६ कक्षा पढ्दादेखि गीत संगीतमा रुची बढेको उनले बताए । सानै देखी गीत संगीत रुचाउने सुरुमा अरुको अघि भने गाउन लजाउथे र गीतसुन्दै मनमनले मात्र गुन्गुनाउने गर्थे ।

कक्षा ८ पढ्दा देखि भने बाख्रा चराउन जाँदा जंगलतिर दिल खोलेर गाउने गरेको उनले बताए । उनले भने “म म्यूजिक सिक्छु, गायक बन्छु भन्ने स्कुल पढ्दादेखिकै लक्ष भएपनि सफल हुन्छु होला भन्ने थिएन ।” प्लस टु को अध्यन पछि काठ्माण्डौ आएका उनले आफ्नो पहिलो गीत बल्झि बल्झि दुख्छ्यौ २०६७ सालमा रेकर्ड गराएर २०६९ सालमा अत्तर एल्बम मार्फत बजारमा आएको उनले बताए । हालसम्म तीन दर्जनजति गीत रेर्कड गरेका कोइरालाले छब्बिस वटा भने रिलीज भईसकेको उनको अब तत्कालै राजा राजेन्द्र पोख्रल संगको नयाँ गीत आउने बताए । जन्मदिनका अबसरमा कोइरालाको सांगीतिक जीवन र दीर्घायुको कामना ।

You might also like

Comments

Loading...