आजको राशिफल

 आजको पञ्चाङ्ग

आज मिति २०७४ पौष २९ गते शनिबार, माघ कृष्णपक्ष द्वादशी तिथि राति १ बजेर २ मिनेट सम्म । अनुराधा नक्षत्र दिउसो १२ बजेर ५४ मिनेट सम्म । गंड योग रहेको छ भने कौलब करण रहेको छ । आजको पञ्चाङ्ग बिचार गर्दा सनिबार परेकोले टाढाको यात्रा, महत्वपूर्ण ुलेनदेन नगर्न नै राम्रो हुनेछ । सनिबार  शनि ग्रहको प्रभाब बढि हुदा काम ढिलो बन्ने, ुलेनदेनमा बिबाद बढ्न सक्छ । आज चन्द्रमा बृश्चिक राशिमा रहेको हुदा पश्चिम वा उत्तर फर्किएर थालनि गर्दा राम्रो । काठमाण्डौमा सूर्योदय बिहान ठिक ७ बजे भयो भने सूर्यास्त सांझ ५ बजेर २४ मिनेटमा हुनेछ ।
मेषः स्वास्थ्य र कार्यमा बाधा उत्पन्न हुनेछ । समय प्रतिकुल भएकोले परिश्रम अनुसार फल नमिल्ने यात्रा असफल हुनेछ । उत्तम समय ०९ः२५ देखि ९ः४९ सम्म । उत्तम रङ  पहेलो
वृषः व्यापार व्यवसाय र धन सम्पत्ति वृद्धि । हात हालेको काम सजिलै पुरा हुने र पारिवारीक तथा प्रेम सम्वन्ध सुमधुर हुनेछ । उत्तम समय ०८ः५५ देखि ९ः२० सम्म । उत्तम रङ हरियो
मिथुनः विरोधीहरु पराजित, धन लाभ, आफन्त तथा मावलीबाट केही सहयोग मिल्नेछ । एत्रम समय १०ः३० देखि १०ः५५ सम्म । उत्तम रङ गुलाबी
कर्कटः वौद्धिक कार्यमा सफल र सन्तान पक्षले साथ दिनेछ । प्रेम सम्वन्ध सुदृढ, व्यापार व्यवसाय र धन सम्पत्तिमा वृद्धि हुनेछ । उत्तम समय ९ः२ देखि ९ः३० सम्म । उत्तम रङ  निलो
सिंहः प्रतिकुल समय भएकोले धेरै संघर्ष गर्नुपर्नेछ । खर्चमा वृद्धि र पारिवारीक अशान्ति बढ्नेछ । उत्तम समय १३ः५ देखि १३ः२६ सम्म । उत्तम रङ  रातो
कन्याः निकै जोश जाँगर र पराक्रम बढ्ने । धन वृद्धि, कार्य सफल, साथीभाई तथा मित्रजनबाट सहयोग मिल्नेछ । उत्तम समय ०८ः५५ देखि ९ः२० सम्म । उत्तम रङ  सेतो
तुलाः निकै परिश्रम पश्चात धन सम्पत्ति आर्जन गरिनेछ । अरुलाई आफैले सहयोग र खर्च गर्नुपर्नेछ । उत्तम समय ०८ः२० देखि ८ः४२ सम्म । उत्तम रङ पहेलो
वृश्चिकः समयले निकै साथ दिनाले व्यापार व्यवसाय र धन सम्पत्तिमा वृद्धि महत्वपूर्ण कार्य सफल हुने र खुशियालीमा नै दिन वित्नेछ । उत्तम समय १०ः१० देखि १०ः३५ सम्म । उत्तम रङ रातो
धनुः अस्वस्थता, विवाद बढ्ने र सम्मानमा ह्रास आउन सक्नेछ । व्ययस्थानमा चन्द्रमाले आम्दानी भन्दा खर्च वृद्धि गराउनेछन् । उत्तम समय ०८ः३० देखि ८ः५२ सम्म । उत्तम रङ  निलो
मकरः महत्वपूर्ण कार्यमा लगानी गरिनेछ । आकस्मिक लाभ, व्यापार, व्यवसायमा र आम्दानीमा वृद्धि हुनेछ । उत्तम समय ०९ः१५ देखि ९ः३७ सम्म । उत्तम रङ कालो
कुम्भः मान प्रतिष्ठा वृद्धि, हात हालेको काम सजिलै पुरा हुने, रोजगार तथा यात्राको अवसर मिल्ने र विरोधीहरु झुक्नेछन् । उत्तम समय १३ः२ देखि १३ः२६ सम्म । उत्तम रङ  सेतो
मीनः सरकारी तथा महत्वपूर्ण व्यक्तित्वसँग भेटघाट र धार्मिक कार्यमा सरिक, उपहार तथा धन प्राप्ति हुनेछ । उत्तम समय १२ः०० देखि १२ः२५ सम्म । उत्तम रङ  निलो्
प्रस्तुती —पशुपति ढुङ्गाना

You might also like

Comments

Loading...