गीतकार संघ नेपालको सातौ साधारण सभा सनिवार ,उद्योग संघले बनभोज गर्दै

गीतकार संघ नेपालको सातौ साधारण सभा सनिवार राजधानीमा हुने भएको छ ।
बिहान ११ बजे नेपाल एकेडेमी , कमलादीमा हुने साधारण सभाको मुख्य एजेण्डा बिधान संसोधन,बार्षिक प्रतिबेदन,र लेखा परिक्षक नियुक्ति रहेको महासचिव शुभ मुकारुङले जानकारी दिएका छन । बरिष्ठ गीतकार यादव खरेलको प्रमुख आतिथ्यमा कार्यक्रम हुने छ ।
यसबीच भोली नै नेपाली संगीतक्षेत्रका कम्पनीहरुको छाता संस्था नेपाल संगीत उद्योग संघले भोलीनै संगीतकर्मीहरुको जमघट राखेको छ ।

बालाजुको बाईसधारा पार्कमा आयोजना गरिएको बृहत बनभोज सहितको कार्यक्रममा सांगीतिक क्षेत्रमा प्राय सबै संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने कार्यक्रममा सांगीतिक क्षेत्रमा देखिएका कमी कमजोरी , उपलब्धी तथा संगीतको क्षेत्रको अबस्थाका बारेमा समिक्षा गरिने संघका अध्यक्ष सूर्य मगरले जानकारी दिएका छन ।
संघले पछिल्लो समयमा नेपाली श्रृजना तथा बौद्धिक सम्पत्तीको पाइरेसी एवम दुरुपयोगका विरुद्धका कार्यहरु साथै चेतनामुलक गोष्ठी, सेमिनार गर्दै आएको छ ।

You might also like

Comments

Loading...