आजको पञ्चाङ्ग र राशीफल

आज मिति २०७४ पौष ३० गते आइतबार , पौस मसान्त रहेकोछ आज । मार्ग कृष्णपक्ष त्रयोदशी तिथि भोलि बिहान ३बजेर ३ मिनेट सम्म रहेकोछ । ज्येष्ठा नक्षत्र दिवा २ बजेर २८ मिनेट सम्म, वृद्धी योग रहेको छ भने गर करण । आजको पञ्चाङग बिचार गर्दा मसान्त परेकोले महत्वपूर्ण काम नगर्दै राम्रो हुनेछ । मसान्तको बेलामा सूर्यको प्रभाव ज्यादै कमजोर हुने हुदा स्वास्थमा समस्या हुन सक्छ अत टाढाको यात्रा पनि नगर्दै राम्रो हुनेछ । आज चन्द्रमा बृश्चिक राशिमा दिउसो २ बजेर २८ मिनेट सम्म हुनेछन । काठमाण्डौमा सूर्योदय बिहान ठिक ७ बजे हुनेछ भने सूर्यास्त साझ ५ बजेर २५ मिनेटमा हुनेछ । महत्वपूर्ण काम आज पश्चिम वा उत्तर फर्किएर थालनि गर्दा राम्रो
मेषः प्रतिकुल समय भएकोले स्वास्थ्य बाधा, विवाद र दुर्घटना पर्न सक्ने भएकोले सचेत रहनु पर्नेछ । उत्तम समय १०ः५ देखि १०ः३० सम्म । उत्तम रङ पहेलो
वृषः अनुकूल समय भएकोले आम्दानीमा वृद्धि, परिवारको सुख, प्रियजनसँग भेट, निकै हर्ष र खुसियालीमा दिन वित्नेछ । उत्तम समय ११ः४० देखि १२ः०० सम्म । उत्तम रङ हरियो
मिथुनः उचित कार्यमा खर्च, सामाजिक तथा राजनीतिक कार्यमा सफल र आफन्तसँग भेट, शत्रु तथा प्रतिपक्षहरु पनि झुक्न आउनेछन् । उत्तम समय १४ः२५ देखि १४ः४५ सम्म । उत्तम रङ सेतो
कर्कटः मोटै रकम हात लाग्ने र महत्वपूर्ण कार्यमा लगानी गरिनेछ । विद्या, वुद्धि र सन्तान पक्षले साथ दिनेछन् । उत्तम समय ११ः५० देखि १२ः१३ सम्म । उत्तम रङ निलो
सिंहः प्रतिकुल समय भएकोले घरपरिवारमा अस्वस्थता, विवाद र खर्च बढ्नेछ र अप्रिय समाचारले मानसिक अशान्ति बढाउनेछ । उत्तम समय ९ः५५ देखि १०ः२० सम्म । उत्तम रङ कालो
कन्याः कार्य सफल, आफन्त तथा साथीभाईहरुबाट सहयोग प्राप्त हुने र शरीरमा स्फुर्ति वृद्धि हुनेछ । उत्तम समय ११ः२५ देखि ११ः३५ सम्म । उत्तम रङ रातो
तुलाः खर्चसँगै आम्दानी पनि बढ्नेछ । आफन्त भेट हुनेछन् तर खुट्टा तान्न खोज्ने मानिसहरुदेखि सतर्क रहनु पर्नेछ । उत्तम समय ११ः५ देखि ११ः३० सम्म । उत्तम रङ पहेलो
वृश्चिकः आज तपाईको राशीमा नै चन्द्रमा भएकाले आँटेताकेको कार्यहरु सजिलै पुरा हुनेछ आम्दानीमा वृद्धि र प्रियजनहरुसँग भेट हुनेछ । उत्तम समय १०ः२५ देखि ८ः४० सम्म । उत्तम रङ  सेतो
धनुः अनिष्टदायी समय भएकोले अनावश्यक खर्च र विवाद बढ्नुका साथै स्वास्थ्य प्रतिकुल र यात्रा असफल हुने योग छ । उत्तम समय १४ः२ देखि १४ः३० सम्म । उत्तम रङ हरियो
मकरः कर्मले निकै साथ दिनेछ, धन, मान–सम्मान प्राप्ति र रोजगार तथा राज्यपक्षबाट लाभ मिल्नेछ । उत्तम समय १३ः२७ देखि १३ः५० सम्म । उत्तम रङ रातो
कुम्भः    आज व्यापार–व्यवसाय र आम्दानीले निकै साथ दिनेछ । पारिवारीक तथा प्रेम सम्वन्ध सुदृढ र मनोरञ्जनात्मक पूर्ण दिन वित्नेछ । उत्तम समय ९ः३५ देखि ९ः५५ सम्म । उत्तम रङ सेतो
मीनः सरकारी तथा कार्यालयको काम बन्नेछ, धन तथा उपहार प्राप्ति र धर्म, कर्म र परोपरकारी भावना जाग्नेछ । उत्तम समय १०ः२० देखि १०ः४२ सम्म । उत्तम रङ निलो
प्रस्तुति : ज्योतिषाचार्य पशुपति ढुङ्गाना

You might also like

Comments

Loading...