आर्थिक पाटोबाट मैले यो कार्यक्रमलाई हेरेको नै छैन आर्थिक लाभ भयो भने सर्जकको रोयल्टी मार्दिन— चेतन सापकोटा

संगीतकार चेतन सापकोटा जनवरी १३ तारिख अर्थात आज सनिवार जापानमा एकल साँझमा गुञ्जदै छन । जापानको टोकियोमा ‘चेतन सापकोटा एकल साँझ’को आयोजना गरिएको हो । प्रवासी नेपाली मञ्च जापान र नेपाली प्रगतिशिल मञ्च जापानको आयोजनामा कार्यक्रम हुन लागेको हो । यहि सेरोफेरोमा सापकोटा संग लोकराज अधिकारीले गरेको आजको गफ ।

पहिलो एकल साँझ हैन त यो?

सम्भवत नेपाली संगीतकारको विदेशमा पहिलो एकल साँझ हो ।

संगीकार चेतन सापकोटाको जापानमा एकल साँझ हुने पहिले नै तय भएको हो कि आकस्मिक रुपमा भएको हो?

प्रवासी नेपाली मञ्च जापान र नेपाली प्रगतिशिल मञ्च जापानले हामी तपाईलाई केही सरप्राईज गराउँछौ भन्नुभएको थियो । त्योपछि म आए र तपाईले यो नयाँ वर्षको वरिपरीमा कुनै प्रोग्राममा बोलाउछु आउँनुहोला भन्नुभयो । मैले हैन प्रोग्राम फिक्स त गर्नु भनेर भने । उहाँले त्यो पछि तपाईको तीन चार वटा प्रोग्राम रहेछ । जुन प्रोग्राममा आउँदै हुनुहुन्छ आउनुस । त्यो भ्याउनुस त्यसपछि एउटा सरप्राईज प्लान चाहि टोकियोले दिन्छ भन्नुभयो । त्यो पछि प्रोग्राम सकेर मैले टोकियोमा ईन्ट्रि गरेर मलाई टोकियो घुम्न बोलाएको साथीहरुकोमा गए । त्यो पछि म सिधै नागोयामा मेरो प्रोग्राममा गए । त्यहाँ नेपाल आईडलको भाई सागर आले संग मेरो पहिलो प्रस्तुती थियो । त्यो नेपाल जापान समाजको कार्यक्रम थियो ।

त्यहाँ प्रोग्राम राम्रो भयो । त्योपछि अर्को पनि प्रोग्राम त्यही गर्न गए । त्यहाँ बस्दा बस्दै मलाई त्यहाँ अर्का प्रोग्रामको अफर आयो । म खासमा त्यही प्रोग्रामको लागि आएको थिए । तर सरप्राईज प्रोग्राम भनेर मलाई प्रोग्रामको अफर आयो । त्यहाँ उहाँहरुले मलाई पोस्टर देखाउनुभयो । चेतन सापकोटा एकल साझँको । उहाँले मलाई आफ्नो गीतहरु गाउन आग्रह गर्नुभयो । उहाँलाई मैले हाम्रो अग्रजहरु र मेरो गीत गाएर मैले एक घण्टाको कार्यक्रम गर्न सक्छु भने । उहाँले मलाई तपाईको प्रोग्राम डेढ घण्टाको गर्ने भनेर फाईनल गर्नुभयो ।

एकल साँझको तयारी कस्तो छ ?

नेपालमा संगीतकार शम्भुजित बास्कोटासंग सम्पर्कको प्रयास गरेको छु । शम्भुजित दाई संग सम्पर्क भएको छैन । उहाँलाई भाईबरमा कोषिश गरिरहेको छु । म के भन्न चाहन्छु भने संगीतकार सघंको सचिव पनि हुँ म । संगीतकार सघंले पनि थोरै ध्यान देओस भन्ने चाहन्छु । किनकी म संघको नै एउटा सचिव भएको कारणले म आफै पहल गरेर एकल साँझ गर्दै छु । यी सबै कुरा संगीतकार सघंले नै गर्नुपर्ने हो । संघंले सबैको एकल साँझ राख्ने हिम्मत गर्नुपर्छ । मैले अहिले जापानमा कार्यक्रम गरिरहेको छु । संगीतकार सघंले थोरै ईनिसियसन लिओस भन्ने म चाहान्छु । म मेरो समकालिन संगीतकारको पनि गीत गाउन चाहान्छु । त्यो कारण मैले सघंका अध्यक्ष लक्ष्मण शेष जीलाई पनि सम्पर्क गर्न खोजको छु । उहाँलाई म्यासेन्जरमा म्यासेज छोडेको छु ।

लाईभ बाजा र अभ्यास के छ ?

यो सबै ट्रयाकमा नै हुन्छ । जति पनि ट्रयाकहरु पाउँछु मैले त्यसमा नै गाउने छु । लाईभको लागि गाह्रो छ ।

एउटा संगीतकार विदेशमा एकल साझँ गर्दै हुनुहुन्छ सगै तपाई रोयल्टीको पनि पूर्व बोर्ड सदस्य पनि हुनुहुन्छ । तपाईको एकल साझँबाट रोयल्टी संकलन र हस्तान्तरण हुन्छ कि नाई ?

यो आकस्मिक भएको कार्यक्रम भएर यसबाट प्रोफिट निकाल्छु भनेर सोंचेको छैन । यो कार्यक्रम मलाई उहाँहरुले सरप्राईज गिफ्ट भनेर दिनुभयो । संगीतकार पनि एउटा पर्फमर हो भनेर मैले यो कार्यक्रममा काम गर्न लागेको हो । आर्थिक पाटोबाट मैले यो कार्यक्रमलाई हेरेको नै छैन । मैले यो कार्यक्रम संगीतकार र संगीतकर्मीको पहिचानका लागि भनेर अगाडी बढेको छु । संगीतकारको कति गीतहरु गायकहरुले गाएको रेर्कड छ तर त्यसको रोयल्टी अहिले सम्म आएको छैन । आर्थिक लाभ भयो भने म सर्जकको रोयल्टी मार्दिन ।

एकल साँझ नेपाली समय अनुसार कहाँ र कुन बेला शुरु हुन्छ?

यो एकल साँझ यहाँको समय छ बजे भनेपछि नेपाली समय लगभग तिन बजे हुनुपर्छ । टिकटको मूल्य जापानी ऐन तीन हजार राखिएको छ ।

You might also like

Comments

Loading...