आजको सिनेमा ‘पशुपति प्रसाद’

दीपेन्द्र के खनालको निर्देशन रहेको सिनेमा ‘पशुपति प्रसाद’ले एउटा गरीब युवाको कथालाई समेटेको छ । ऋण तिर्नको लागि पशुपतिमा सुन खोज्न जाने युवाको कथामा केन्द्रित रहेको यस सिनेमामा शीर्ष भूमिका अभिनेता खगेन्द्र लामिछानेले निर्वाह गरेका छन् । २०७२ सालको माघ १५ मा प्रदर्शन भएको यस सिनेमामा उनलाई सताउने र दुःख दिने पात्रको भूमिकामा छन् अभिनेता विपिन कार्की ।
उनले यस सिनेमामा नकारात्मक भूमिका निर्वाह गरेका छन् । ‘भष्मे डन’को भूमिका निर्वाह गरेका उनलाई यो भूमिकाले राम्रै फाईदा दियो । उनले यो सिनेमापछि पहिलेको तुलनामा लोकप्रियता बटुले । ‘पशुपतिप्रसाद’ पछि दर्शकले ‘भष्मे डन’को रुपमा चिन्न थाले ।
कलाकार रविन्द्र सिंह बानियाले यस सिनेमामा हनुमानको भूमिका निर्वाह गरेका छन् ।

यसका अलावा सिनेमामा अभिनेत्री वर्षा सिवाकोटीले मुख्य महिला पात्रको भूमिका निर्वाह गरेकी छिन् । सिनेमामा उनी पशुपतिले मन पराउने महिला पात्रको भूमिकामा छिन् तर उनको एउटा पनि सम्वाद सिनेमामा राखिएको छैन । खासमा उनलाई यसमा बोल्न नसक्ने पात्रको भूमिकामा प्रस्तुत गरिएको छ ।

यो सिनेमाको अन्त्य भने दुखद छ । सिनेमाको अन्त्यमा संघर्ष गर्दागर्दै पशुपतिको निधन हुन्छ ।
हरि लम्सालको संगीत, सूर्य ठोकरको द्वन्द, निरज कडेलको छायाकंन, दीर्घ खड्काको सम्पादन रहेको ‘पशुपति प्रसाद’मा खगेन्द्र, विपिन, रविन्द्र र वर्षाका अलावा प्रकाश घिमिरे, मिश्री थापा, आशिष अधिकारी, ज्याक श्रेष्ठले पनि अभिनय गरेका छन् ।
राजन नापितले निर्माण गरेको यस सिनेमाकी कार्यकारी निर्माता रोजिना सिटौला हुन् । सिनेमालाई खगेन्द्र लामिछानेले लेखेका हुन् ।

You might also like

Comments

Loading...