मुन्द्रेको चर्तिकला

कलाकार जितु नेपाल मुन्द्रेले टेलिसिरियल ट्वाक्क टुक्कबाट अभिनयको शुरुवात गरेका हुन् । लामो संघर्षपछि उनलाई टेलिसिरियल ‘जिरे खुर्सानी’ले मुन्द्रको रुपमा स्थापित गरिदियो । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन । मुन्दे्र पात्र लोकप्रिय भएपछि उनले ‘मुन्द्रेको चर्तिकला’ नामक कार्यक्रम पनि चलाए ।

यस कार्यक्रममा उनले आफै विभिन्न रुप धारण गरेर कार्यक्रम चलाउँथे । यस उनी कहिले निर्माता बन्थे त कहिले अभिनेत्री त कहिले अभिनेता । कार्यक्रम सञ्चालकको रुपमा भने उनी नै थिए । यसका सबै भागहरुमा उनले दोहोरो भूमिका निर्वाह गरेका छन् ।
अहिले पनि उनको यो कार्यक्रम युट्युब च्यानलमा हेर्न सकिन्छ ।

पछिल्लो समयमा जितु सिनेमासँगै जिरे खुर्सानीको लेखन तथा निर्देशनमा व्यस्त छन् । यसका अलावा उनले केही छोटा सिनेमाहरु पनि निर्माण गरिहेका छन् ।

You might also like

Comments

Loading...