‘पिंजडा ब्याक अगेन’को प्रदर्शन मिति फेरबदल

माघ ४ गतेदेखि प्रदर्शन हुने तयारीमा रहेको सिनेमा ‘पिंजडा ब्याक अगेन’ले प्रदर्शन मितिमा हेरफेर गरेको छ । माघ ४ गतेदेखि देशभर प्रदर्शन हुने तयारीमा रहेको यो सिनेमा अब ४ गते उपत्यका बाहिर मात्रै प्रदर्शन हुने भएको छ । उपत्यका भित्र भने यो सिनेमा माघ ५ गतेदेखि प्रदर्शन हुने निर्देशक हिमाल केसीले जानकारी दिएका छन् ।

हिमाल केसीको निर्देशन रहेको सिनेमा ‘पिंजडा ब्याक अगेन’मा निखिल उप्रेती, सारा श्रीपाईली मुख्य भूमिकामा छन् । यो सिनेमा निखिल उप्रेतीको डेब्यु सिनेमा ‘पिंजडा’को सिक्वेल हो । ‘पिंजडा’लाई देशभक्त खनालले निर्देशन गरेका थिए भने ‘पिंजडा’मा द्वन्द निर्देशकको रुपमा काम गरेका हिमाल केसी सिक्वेलका निर्देशक बनेका छन् ।

You might also like

Comments

Loading...