मुन्द्रे फर्किँदै दीपा जाँदै

कलाकार तथा निर्देशक दीपाश्री निरौला माघे संक्रान्तीको अवसर पारेर एकै दिन तीनवटा कार्यक्रममा प्रस्तुति दिने भएकी छिन् । थारुहरुको महान पर्व माघिको अवसर पारेर आयोजना भएका कार्यक्रमहरुमा उनले सहभागिता जनाउने भएकी हुन् । विराटनगरको झुम्कीमा रहेको कारागारमा भोलि विहान १० बजे दीपालाई सम्मान गरिने भएको छ । थारु भाषाको सिनेमा ‘छल्की’मा काम गरेका कारण दीपालाई त्यहाँ सम्मान गरिँदैछ । त्यसपछि उनले विराट नगर नगरपालिकामा आयोजना हुने ‘माघि मेला’मा उपस्थिति जनाउेन छिन् भने फेरि झुम्कीमै आयोजना हुने अर्को एक कार्यक्रममा सहभागिता जनाउने छिन् । यी कार्यक्रमको लागि उनी आईतबार विराटनगर उड्दै छिन् ।

उता कलाकार जितु नेपाल उर्फ मुन्दे्र झापाका कार्यक्रम सकेर काठमाण्डौ फर्किँदै छन् । उनी दमक महोत्सव र बिर्तामोडमा आयोजना गरिएको करेन्ट रमाईलो मेलामा उपस्थित दर्शक हँसाएर पुष ३० गते काठमाण्डौ फर्किँदै छन् । माघे सक्रान्तीको दिनमा आयोजना भएका कार्यक्रमहरुमा भने जितु कतैपनि नजाने भएका छन् । उनले त्यो दिन परिवारको लागि छुट्याएका छन् ।
त्यस्तै गायक तथा संगीतकार राजनराज सिवाकोटीको ‘सुर्केथैली’ हिट भएपछि बढेको व्यस्तताले घट्ने नामै लिएको छैन । उनले पछिल्लो समयमा एकपछि अर्को हिट गीतहरु दिईरहेका छन् । यहि कारण उनलाई देश देखि विदेशका कार्यक्रमहरुमा भ्याई नभ्याई छ ।

You might also like

Comments

Loading...