अहिले सम्मकै महंगोमा बिक्यो ‘शत्रु गते’ओभरसिज राइट

मल्टिस्टार सिनेमा ‘शत्रु गते’ को डिजिटल तथा अन्तराष्ट्रिय अधिकार बिक्रि भएको छ । ओएसआर डिजिटलले सिनेमाको डिजिटल तथा अन्तराष्ट्रिय अधिकार एक करोड एघार लाख मा खरिद गरेको हो । संभवत यो रकम अहिलेसम्म नेपाली सिनेमालाई दिईएको सबै भन्दा बढी हो । अहिले पोष्ट प्रोडक्सन भैरहेको सिनेमाले प्रदर्शन पूर्वनै लगानी सुरक्षीत मात्र हैन फाइदामा गएको निर्माण पक्षले जानकारी दिएको छ ।
प्रदिप भट्टराईको निर्देशनमा तयार भएको सिनेमामा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , दीपकराज गिरी , दीपाश्री निरौला , शिवहरी पौडेल , बसुुन्धरा भुसाल , रमेश रंजन झा, प्रियंका कार्की , पल शाह , आँचल शर्मा लगायतको अभिनय रहेको छ ।
मह सञ्चारको ब्यनारमा निर्माण गरिएको सिनेमाका प्रस्तुतकर्ता किरण केसी हुन् । चैत्र ९ मा रिलिज हुने सिनेमाको प्रचार सामग्रीका रुपमा ३ साता अघि रिलज गरिएको रुपै मोहनी बोलको गीत अहिले सर्बाधिक चर्चामा छ । लोकराज अधिकारीको शब्द टंक बुढाथोकीको संगीत अनि मिना निरौला टंक बुढाथोकी को स्वर रहेको गीतले युट्युवमा २४ घन्टामा सबैभन्दा धेरै पटक हेरिने गीतको रेकर्ड कायम गरेको छ । रिलिजभएको तेश्रो सातामा ट्रेण्डिङमा रहदै गीतले झण्डै चालिस लाख भ्यूज पाएको छ ।

You might also like

Comments

Loading...