म आफै पछि लागेको तीन जनाको हो  त्यो मध्य एउटा संग बिहे नै भयो —बिशाल भण्डारी

नेपाली म्यूजिक भिडियो मा चल्तिका म्युजिक भिडियो निर्देशक हुन बिशाल भण्डारी ।  भण्डारीका अधिकांश भिडियो रोमान्टिक छन ।  कलाकारलाई अत्यन्तै राम्रो देखाउन मेहनत गर्ने बिशालले अहिले नयाँ सिनेमा कोहलपुर एक्सप्रेस निर्देशन गरिरहेका छन । यो उनकोे निर्देशनमा डेब्यु सिनेमा हो । अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको ‘कोहलपुर एक्सप्रेस’  मा केकीको अलवा प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ । उनै निर्देशक भण्डारी संग करिस्मा केसिले गरिको लभ गफ ।
यतिखेर केमा ब्यस्त हुनुहुन्छ ?
जसरी हुन्छ चलचित्र कोहलपुर एक्प्रेसलाई समयमा सिध्याएर रिलिज गर्नु पर्यो भन्नेमै ब्यस्त छु ।  अहिले सम्पादन सकिएर ब्यागग्राउण्ड स्कोर र साउन्ड डिजाइनमा पुगेका छौ ।
कुनै समय केटीहरुको पछि खुब लागीयो होला नि है ?
हामी कला क्षेत्रको मान्छे अली चञ्चलनै हुन्छौं । म आफै पछि लागेको भनेको चै तीन जना हो । त्यो मध्य एउटा संग चै बिहे नै भयो । मायाँ को दुई तीन फेज हुन्छ कोहीसंग म आर्कषित मात्र थिए ।
जसलाई अहिले बिहे गरिसक्नु भाछ,उहाँलाई पहिलो चोटी कहाँ भेट्नुभएको थियो ?
कलेजमा । हामी आर.आर कलेजमा संगै पढ्थ्यौं । हाम्रो पहिलो भेटघाट त्यहि भएको थियो ।
उहाँलाई पहिलो चोटी भेट्दा के भन्नुभयो ?
त्यस्तो त खासै केही याद छैन । जे भए पनि हामी एउटा राम्रो साथी थियौं । राम्रो साथीबाट सम्बन्ध अघि बढेको भएर पहिलो चोटी देख्दा  लभ नै भन्ने टाइपको फिल चै आएन ।
मिल्ने साथीलाई जीबनसाथी बनौं भनेर कसरी भन्नुभयो ?
त्यो मामलामा म अलि फरवाडनै छु । मलाई मन पर्यो भने जुन रुपमा मन पराउछु त्यो रुपमा भनेर भन्दिहाल्छु । मन परिसकेपछी भन्न खासै गाह्रो भएन । फोनबाट मैले आफ्नो प्रेम प्रस्ताब राखेको थिए । उहाँले स्वीकार गर्न तीन दिन दिन जति लगाउनुभाथ्यो ।
प्रेममा रहेको कति समय पछि विबाह गर्नुभयो ?
चार वर्ष पछि बिहे गर्यौ ।
मागेर कि भागेर ?
हजुर म र मेरो ड्याडी घरमै माग्न गएका थियौं  । घरमै गएर बकाईदो मागेरै विबाह गरेको ।

You might also like

Comments

Loading...