विल्सन विक्रम राई र सुष्मा कार्की सहित ‘साली कस्को भेनाको’ निर्माण हुने

कमेडी र पारिवारिक कथामा ‘साली कस्को भेनाको’ निर्माण हुने भएको छ । निर्माता प्रसाद श्रेष्ठको प्रस्तुति यो सिनेमालाई भद्र भुजेलले निर्देशन गर्ने छन् ।
माघ २ गतेबाट सिनेमाको छायांकन सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ । सिनेमामा विल्सन विक्रम राई, सुष्मा कार्की, दीपा सागर, मरिष्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुस्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
चितवन र धम्पुसमा छायांकन गरिने सिनेमामा दिर्घ गुरुङको छायांकन बसन्त श्रेष्ठ, गम्भीर बिष्ट र सुमित लामाको नृत्य निर्देशन रहनेछ । सिनेमालाई सुनिल कुमार न्यात्स्यो, बिशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारीले मिलेर निर्माण गर्न लागेका हुन् ।
प्रस्तुतकर्ता प्रसाद श्रेष्ठले यसअघि ’कर्जा’, ’कान्छी’, ’सन्तान’ जस्ता सफल फिल्म निर्माण गरिसकेका छन् ।

You might also like

Comments

Loading...