‘पण्डित बाजेको लौरी’ माघ २० गतेबाट छायांकनमा जाने

अधृत फिल्मस् प्रा.लीको ब्यानरमा ‘पण्डित बाजेको लौरी’बन्ने भएको छ ।
गाउँमा पण्डित्याई गर्ने पण्डितहरुको कथामा यो सिनेमा बन्ने भएको हो । आइतवार राजधानीमा एक कार्यक्रमका बीच सिनेमाको औपचारिक निर्माणको घोषणा गरिएको हो । सिनेमालाई दीपक ओलीले निर्देशन गर्दैछन् ।
सिनेमामा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको फिल्ममा मुख्य भूमिका रहनेछ ।

माघ २० गतेबाट छायांकन सुरु हुने सिनेमालाई अर्को बर्षको को भदौ महिनामा प्रदर्शनमा ल्याउने निर्माण टिमले जाकारी दिएको छ ।
सिनेमालाई बिदुर गिरीले छायांकन, मित्र डि. गुरुङले सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहले कोरियोग्राफी गर्नेछन । सिनेमामा श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत रहने छ ।

You might also like

Comments

Loading...