अभिनेत्री गौरी मल्ल अब गायिका पनि

 

अभिनेत्री गौरी मल्ल अब गायिका पनि बनेकि छन । उनले ‘जीवन साथी’ बोलको गीत गाएकी हुन । गायक प्रमोद खरेलको साथमा उनले पहिलो पटक गीतमा स्वर दिएकी हुन ।

पूजा मारियाको शब्द रहेको गीतमा राम सिटौलाले संगीत भरेका छन । गीतमा फणिन्द्र राईको संगीत संयोजन छ ।

रोजल थापाको निर्देशन रहेको गीतको भिडियोमा रोहित बस्नेतले कोरियोग्राफी गरेका हुन । गीतको भिडियोमा दिव्य दाहाल र नायिका नम्रता सापकोटाको अभिनय रहेको छ ।

You might also like

Comments

Loading...