‘नेप्टे’मा सुपारी काँचो

रोशफी फिल्मस प्रालीको प्रस्तुति सिनेमा ‘नेप्टे’को ‘सुपारी काँचो’ बोलको गीत सार्वजनिक भएको छ । ओम सुनार र सावित्री जोशीको आवाज रहेको लोक लयमा आधारित यस गीतमा भानुभक्त ढकालको शब्द र ओम सुनारको संगीत रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको यस गीतमा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रोहित रुम्बा, रश्मी भट्ट, पूर्णीमा लामा लगायतका कलाकारहरुलाई फिचर गरिएको छ । सिनेमामा भने दयाहाङ राई, छुल्ठिम गुरुङ, पूर्णीमा लामा, अरुणा कार्की, पूर्णीमा लामाको मुख्य भूमिका छ ।

देव कुमार श्रेष्ठको निर्देशनमा बनेको सिनेमा ‘नेप्टे’लाई रोहित रुम्बाले निर्माण गरेका हुन् ।

You might also like

Comments

Loading...