किन पछि हटे निर्देशक मिलन चाम्स ?

मिलन चाम्सको निर्देशन रहेको सिनेमा ‘ह्याप्पी डेज’को प्रदर्शन मिति फाईनल भएको छ । माघ १२ देखि प्रदर्शनमा आउने तयारीका साथ प्रचार प्रसारमा जुटेको निर्माण पक्षले केही दिन अघि मात्रै बलिवुडका दुई ठूला सिनेमा ‘पद्मावत’ र ‘प्याडम्यान’ रिलिज हुने भएपछि सिनेमाको प्रदर्शन मिति पछि सारेको थियो । अब यो सिनेमा चैत्र १६ गते देखि प्रदर्शनमा आउने पक्का भएको छ ।

उनकै निर्देशन रहेको अर्को सिनेमा ‘लिलिबिलि’ भने तोकिएको मितिमा प्रदर्शन नहुने भएको छ । बैशाख १४ गतेदेखि रिलिज हुने गरी प्रचार प्रसार शुरु भएको यो सिनेमा तोकिएको मितिमा प्रदर्शन हुन नसक्ने संकेत निर्देशकले दिएका छन् ।
‘लिलिबिलि’ यस अघि पनि तोकिएको मितिमा प्रदर्शन हुन नसकेर पछि सरेको सिनेमा हो । शुरुमा निर्माण पक्षले चैत्र ३० मा रिलिज हुने गरी काम शुरु गरेको थियो । निर्देशकले पनि यो सिनेमा तोकिएको मितिमै प्रदर्शन हुने दाबी गरेका थिए । तर अहिले भने निर्देशक मिलन नै बैशाखमा रिलिज गर्न नसक्ने भन्दै पछि हटेको देखिन्छ ।

सोमबार मात्रै काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको ‘ईज ईट लभ’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीत अहिले युट्युबमा हिट भएको छ । सिनेमामा प्रदीप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, अनुप विक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

You might also like

Comments

Loading...