सकियो मिस्टर भर्जिनको काम, बैशाख अन्तिममा प्रर्दशन हुने

तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’को छायांकन सम्पन्न भएको छ । नायिका छुल्ठिम गुरुङलाई फिचर गरिएको आइटम गीत संगै चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो । उक्त गीतमा छुल्ठिमका साथै नायक गौरव पहारी र कमलमणि नेपालले पनि कम्मर भाँचेका छन् । करिब १ करोडको लगानीमा चलचित्रको छायांकन सकिएको निर्माण पक्षले जनाएको छ ।

‘मिस्टर भर्जिन’लाई निर्देशक विशारद बस्नेतको निर्देशन गरका हुन् । चलचित्रमा गौरब पहारी , बिजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा बनेको ’मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् । चलचित्र २०७५ सालको बैशाखको अन्तिम साता प्रर्दशनमा ल्याउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।

You might also like

Comments

Loading...