हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको डिभोर्स

हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध बिच्छेदको समाचारले हाँस्यकर्मी मात्रै हैन उनका शुभ चिन्तक पनि आश्चर्यमा परेका छन । मनोज र उनकी पत्नि मिनाले केहि समय देखिको आपसी असमझदारीलाई समझदारीमा टुङ्गयाएका छन् । बिशेष स्रोतका अनुसार मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाह पछि उनीहरु ब्यबहारिक, कानुनी र आर्थिक रुपमा अलग अलग भएका हुन् ।
सम्बन्ध बिच्छेदको कारणका बारेमा हालसम्म दुवैले मुख खोलेका छैनन् । बुझिए अनुसार बिचारमा असहमति भएको हो । त्यसैले कारणै सार्वजनिक गर्नु पर्ने कुनै तर्क छैन भनिरहेका छन् । यति भन्दा भन्दै पनि केहि हप्तादेखि मनोज र मिना अलग–अलग बस्न थालेका थिए । कानुनी रुपमा यहि पौष ११ गते अलग भए पछि मनोज गजुरेल छोरासँग बालकोटस्थित घरमा बस्दै आएका छन् भने मिना छोरी मेमोरी गजुरेलसँग नयाँ बानेश्वरमा बस्दै आएकी छिन् ।

मनोजसँग सम्बन्ध बिच्छेद गरे लगत्तै मिना बुटिक सञ्चालन गर्ने तयारीमा छन् । उता मनोज पनि सम्बन्ध बिच्छेदको पीडा बिर्सेर नियमित लयमा फर्कदै छन । मनोज केहि समय हसाउनका लागि ओमान र बहराइन जादै छन । दुबैले यो निर्णयलाई सम्बन्धको ह्पाप्पी इण्डीङका रुपमा लिएको प्रतिकृया दिएका छन ।

५३ सालमा शुरु भएको थियो वैवाहिक यात्रा

२०५२ सालमा पहिलो पटक भेट भएर केही समय एकअर्काको प्रेममा रमाएका यी दुईले २०५३ सालको बैशाखमा विवाह गरेका थिए । पुतलीसडकमा पसल गर्ने क्रममा मनोजले मिनालाई पहिलो पटक देखेका थिए । देख्दा देख्दै मिना मनोजलाई मन पर्न थालिन् । खासमा मनोजको पसल अगाडिको एउटा अफिसमा मिना काम गर्थिन् । यहि क्रममा मनोजले मिनालाई देख्ने अवसर पाएका थिए ।
मिनालाई मन पराएपछि मनोजले उनको अफिसको नम्बर खोजेर झण्डै दुई महिना जति उनले मिनालाई ब्लफ कल गरे । पछि उनीहरुले भेटघाट गरे । उनीहरुको भेट प्रेममा परिणत भयो र पछि विवाह पनि । ५३ सालको बैशाखमा यी दुईले काठमाण्डौको गुहेश्वरी मन्दिरमा विवाह गरेका हुन् ।
केही समय अघि फर्सीनेटवर्कको ‘पीरती’मा मनोज र मिनाले यसरी सेयर गरेका थिए पीरतीका कुरा ।

You might also like

Comments

Loading...