डिठ्ठा साबले अर्को वर्ष ‘चङगा’ उडाउने

बुधबार मण्डला नाटक घरमा पत्रकार सम्मेलन गर्दै सिनेमा ‘चङगा’को आधिकारिक घोषणा भएको छ । ‘डिठ्ठा साब’को नामले परिचित भएका कलाकार किशोर भण्डारीले यस सिनेमालाई निर्देशन गर्ने भएका छन् । टिपिकल गाउँले कथामा बन्न लागेको यस सिनेमामा बुद्धि तामाङ, राजन खतिवडा, कमलमणी नेपाल, अंकित खड्का, प्रेम वर्षा खड्का, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । सिनेमामा सबै कलाकारको उत्तिकै भूमिका रहेको किशोरले जानकारी दिएका छन् । अरु सिनेमामा जस्तो ‘चङगा’मा मुख्य पात्र भनेर कसैलाई पनि छुट्याईएको छैन ।

माघ ८ गते श्रीपञ्चमीको दिनमा ललितपुरको दलचोकीबाट सिनेमाको शुभ साईत गरिने भएको छ । ‘चङगा’ अर्को वर्षको जेठ ११ देखि प्रदर्शनमा आउने भएको छ ।

निर्देशक भण्डारीको पटकथा र सम्वाद रहेको यस सिनेमाको कथा भने सिनेमाकी निर्माता रेश्मा तिमिल्सीनाले लेखेकी हुन् ।
रविन आचार्यको छायाकंन रहने यस सिनेमामा राजनराज सिवाकोटी र कमल खत्रीको संगीत रहने छ ।

You might also like

Comments

Loading...