आजको राशिफलः

आज मिति २०७४ साल माघ ४ गते बिहिबार, (सोनाम ल्होसार) माघ शुक्लपक्ष प्रतिपदा तिथि बिहान ९ बजेर १९ मिनेट सम्म उप्रान्त द्वितीया तिथि । श्रवण नक्षत्र राती १२ बजेर २३ मिनेट सम्म । बज्र योग छ भने बालव करण रहेकोछ । काठमान्डौमा सूर्योदय बिहान ठिक ७ बजे भयो भन सूर्यास्त सांझ ५बजेर २९ मिनेटमा हुनेछ । आजको पञ्चाङग बिचार गर्दा बार, तिथि, नक्षत्र र करण शुभ रहेका छन तर बज्र योग भने शुभ छैन । बज्र योगमा महत्वपूर्ण काम थालनि गर्दा बिच बाटै टुङ्गिन सक्छ, अग्निको भय बढ्न सक्छ । यदि गर्नै परे तपाईंहरुको बिश्वासिलो ज्योतिषीस“ग परामर्श लिएर मात्र गर्नुहोला । आज चन्द्रमा मकर राशिमा भएकाले नियमित काम पनि पूर्व वा दक्षिण फर्किएर थालनि गर्दा अझ राम्रो हुनेछ ।
मेषः पुरस्कार, इज्जत र सम्मान प्राप्ति, रोजगार तथा कामकाजबाट लाभ र यात्रा सफल हुनेछ ।  उत्तम समय १४ः२० देखि १४ः४४ सम्म । उत्तम रङ सेतो ।

 

वृषः सरकारी काम बन्ने, आफन्तजनबाट सहयोग मिल्ने र धार्मिक कार्यमा सरिक भइनेछ । उत्तम समय १६ः४५ देखि १७ः१० सम्म । उत्तम रङ कालो ।

 

मिथुनः यात्रा असफल, दुर्घटना तथा चोटपटकको भय, धनको क्षति र मानसिक चिन्ता पर्न सक्नेछ । उत्तम समय  १२ः१० देखि १२ः३५ सम्म । उत्तम रङ हरियो ।

 

कर्कटः घरपरिवार, प्रेमीजनबाट सहयोग, आँटेताकेको काम बन्ने, विलासिता र मनोरञ्जनपूर्ण दिन वित्नेछ । उत्तम समय ०७ः३५ देखि ७ः५५ सम्म । उत्तम रङ रातो ।

 

सिंहः विवादमा जित, मुद्दा, राजनीतिमा लाभ, आफन्तबाट सहयोग, राम्रो काम बन्नेछ । । उत्तम समय १६ः१५ देखि १६ः३९ सम्म । उत्तम रङ सेतो ।

 

कन्याः उद्योग, व्यापार र व्यवसायबाट लाभ, आयमा वृद्धि, सन्तानद्वारा सहयोग र प्रेमीजनको मन जितिने छ । उत्तम समय  ७ः०५ देखि ७ः३० सम्म । उत्तम रङ निलो ।

 

तुलाः समय प्रतिकुल छ । बढी परिश्रम, यात्रा असफल, आफन्तमा विवाद र मानसिक अशान्ति हुनेछ । उत्तम समय  ७ः१५ देखि ७ः४० सम्म । उत्तम रङ रातो ।

 

वृश्चिकः विरोधीहरुले सहयोग र प्रशंसा गर्न थाल्नेछन् । आफन्त साथीभाईबाट सहयोग र स्फूर्ति बढ्नेछ । उत्तम समय  १४ः५ देखि १४ः३० सम्म । उत्तम रङ सुनौलो ।

 

धनुः खर्च, संघर्ष बढेपनि आम्दानी घट्ने छैन । वुद्धि नपु¥याएमा काम विग्रन र चोटपटक लाग्न सक्ला । उत्तम समय  १३ः४० देखि १४ः५ सम्म । उत्तम रङ हरियो ।

 

मकरः धनसम्पत्ति, जोश, जाँगर र आत्मबल बढ्नेछ । सोचेको काम बन्ने, शुभ समाचार सुन्न पाइने, अनुहारमा कान्ति र मनमा शान्ति मिल्नेछ । उत्तम समय  १२ः१५ देखि १२ः४० सम्म । उत्तम रङ रातो ।
कुम्भः अनावश्यक खर्च र विवाद बढ्नेछ । धनसम्पत्ति पनि केही नोक्सान हुने र मनमा खिन्नता बढ्नेछ । उत्तम समय १३ः७ देखि १३ः३० सम्म । उत्तम रङ पहेलो ।

 

मीनः धनसम्पत्ति नयाँ आभुषण प्राप्ती, व्यापार, व्यवसायले निकै साथ दिने तथा सोचेको काम बन्नेछ । उत्तम समय बिहान १६ः५ देखि १६ः२८ सम्म । उत्तम रङ निलो  ।

You might also like

Comments

Loading...