बाहिरियो शेरबहादुरका कथावस्तु

मंगलबार एभरेष्ट फिल्म एकेडेमीमा सिनेमा ‘शेरबहादुर’को प्रेसमिट गरिएको थियो । सिनेमाको बारेमा जानकारी दिने उद्देश्यले निर्माण पक्षले यो पत्रकार सम्मेलन गरेको थियो । कार्यक्रममा निर्देशक प्रदीप भट्टराई, निर्माता गौरशिंकर धुजु, अभिनेत्री मेनुका प्रधान, अभिनेता सुनिल थापा, रविन्द्र झा, कर्मा लगायतको उपस्थिति थियो ।

कायर्कक्रममा बोल्दै सिनेमाका मुख्य कलाकार सुनिल थापाले यो सिनेमा आफ्नो करिअरको माईलस्टोन बन्ने विश्वास लिएको बताए । यसका साथै उनले यस सिनेमाको कथावस्तुको बारेमा बोल्दै सिनेमा हलिवुड सिनेमाबाट प्रभावित समेत उल्लेख गरे । कार्यक्रमलाई प्रभात लामाले सञ्चालन गरेका थिए ।

माघ १९ देखि प्रदर्शनमा आउन लागेको यस सिनेमालाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्शनको ब्यानरमा बनेको यस सिनेमाका निर्मातो गौरी शंकर धुजु र धिराज राजवंशी हुन् ।

You might also like

Comments

Loading...