आफ्नै सिनेमा हेर्दा पसीना आउँछ– सौगात मल्ल

फागुन ११ गतेदेखि प्रदर्शन हुन लागेको सिनेमा ‘पञ्चेबाजा’को बिहिबार बानेश्वरमा पत्रकार सम्मेनलन गरिएको थियो । सिनेमाको बारेमा जानकारी दिने हिसाबले निर्माण पक्षले उक्त पत्रकार सम्मेलन गरेको थियो । उक्त पत्रकार सम्मेलनमा अभिनेता सौगात मल्ल, अभिनेत्री जस्मिन गुरुङ लगायतको उपस्थिति थियो । कार्यक्रममा सिनेमाका अभिनेता सौगातले राम्रो सिनेमा बनेको छ भने त्यो चल्नुपर्ने विचार व्यक्त गरे ।

यसका अलावा कार्यक्रममा बोल्दै सौगात मल्ले अर्को वर्ष अर्थात २०७५ सालको सबै समय प्याक भईसकेको जानकारी दिएका छन् । २०७६ को बारेमा भने अहिले नै नसोचेको र थाहा नभएको पनि उनको भनाई छ ।
न्यु भेनसको ब्यानरमा निर्माण भएको सिनेमा ‘पञ्चेबाजा’को सिक्वेल पनि बन्ने भएको छ । निर्माताले सिनेमा प्रदर्शन हुनुभन्दा अगाडि नै सिनेमाको सिक्वेलको घोषणा गरिसकेका छन् ।

कार्यक्रममा तपाईँ फ्लप कि हिट ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हिट फ्लप थाहा छैन । काम गर्न पाईरहेको छु । आनन्द छु । मलाई सिनेमाहरुको कमी छैन । अहिले मसँग थुप्रै सिनेमाहरु छन् । आफ्नो सिनेमा हेर्दा पनि कहिले काही पसीना छुट्छ । सिनेमा हेरेर बस्न नसकेर ट्वाईलेट गईरहन्छु म । जे होस् काममा रमाईरहेको छु । अरु मलाई थाहा छैन ।’

You might also like

Comments

Loading...