गीतकार पुष्पा खनालको आमा सार्बजनिक (लिरिकल भिडियो सहित)

गीतकार पुष्पा खनालको रचना रहेको मैले पूज्ने देव तिमी बोलको गीत सार्बजनिक भएको छ ।
खनालले आफ्नी आमा दमन्ता खनालको स्वर्गारोहण भएको दिन पारेर आज माघ २६ गते गीत सार्बजनिक गरेकी हुन् । सम्पूर्ण आमाहरु प्रति सम्मान गर्दै ट्रिब्युट सङका रुपमा गीत सार्बजनिक गरेको खनालले बताइन् ।
संगीतकार लक्ष्मण शेषको संगीत र बिन्दु परियारको स्वर रहेको गीतमा ओम सुनारको संगीत संयोजन रहेको छ । मञ्जुश्री स्टुडियो रेकर्ड गरिएको गीत संगीत गर्दा आफ्नी आमालाई संझेर रोएको संगीतकार शेषले बताए । उनले यो गीतमा फिल नै त्यस्तो पाएको र आँखा रसाएको बताए ।

गीतकार खनालले यो गीत एक महिना अघिमात्र लेखेकी हुन् । आमाको पुण्य तिथि आउदै गर्दा उनी अमेरिकामा थिइन् । त्यही समयमा उनले लेखेको गीत आमालाई समर्पण गर्दै पुण्य तिथिका अबसरमा सार्बजनिक गर्न चाहेकी थिइन । गीतको भाव अनुसारको संगीत गर्न समयलागेका कारण आज तयार पारीएको संगीतकार शेषले जानकारी दिएका छन ।
यो गीत फर्सी नेटवर्कको युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
गीतकार खनालका यस अघि अभिनव एकल एल्वम सार्बजनिक भै सकेको छ । थुप्रै गीत र कविता लेखेकी खनालको पोखिँए यसरी नामक पुस्तक पनि सार्बजनिक भैसकेको छ ।

You might also like

Comments

Loading...